काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज (बिहीबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा देशभर नै तापक्रम घट्दो क्रममा रहने महाशाखाले जनाएको छ। देशभरिको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।