एजेन्सी– चीनले मंगलबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बेइडाउ–३ नेभिगेसन स्याटेलाइट प्रणाली (बिडिएस–३) का लागि दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाएको छ।
बेइडाउ प्रणालीको ५७ औं र ५८ औं उपग्रह गरी दुई उपग्रहहरू लङ मार्च–थ्रिबी वाहक रकेट र वाहक रकेटसँग जोडिएको युनझेङ–१ माथिल्लो चरणबाट बिहान ११:२६ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो।
प्रक्षेपण लङ मार्च श्रृंखलावाहक रकेटहरूको लागि ५०४ औं मिसन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।