• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भिजिट भिसामा मानव तस्करी 

पहिलो चरणमा पक्राउ परेका ९ जनाविरुद्ध मुद्दा दर्ता, किरिया बसेका गृहका अधिकृतलाई बनाइयो फरार प्रतिवादी

64x64
नारायण अधिकारी आइतबार, पुस ८, २०८०  १३:४४
1140x725

काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करी गरेको आरोपमा पहिलो चरणमा पक्राउ परेका ९ सहित १२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ। पक्राउ परेका ९ जना र फरार प्रतिवादी ३ जना गरी १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

१२ जनाविरुद्ध लिखतसम्बन्धीको कसुरमा मुद्दा दर्ता गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली डकुमेन्टको आधारमा भिजिट भिसामा विभिन्न देशरुमा मान्छे पठाउने गरेको आरोपमा ९ जनालाई पक्राउ गरी कात्तिक १९ गते सार्वजनिक गरेको थियो। 

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। परिसर काठमाडौंले अनुसन्धान सकेर लिखतसम्बन्धी कसुरअन्तर्गत कारबाही गर्न भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पठाएको थियो। उक्त फाइल अध्ययनपछि पुस ६ गते जिल्ला अदालत काठमाडौंमा १२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

अहिले मुद्दा दर्ता हुनेहरुमा चितवनको भरतपुर–१८ घर भइ काठमाडौंको बालाजु बस्दै आएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ का ३४ वर्षीय रमेश भनिने भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका–१ घर भएका ३८ वर्षीय दीपक केसी, सल्यानको कालिमाटी गाउँपालिका–८ ढोरेनी घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–३ बस्दै आएका ४२ वर्षीय बलबहादुर रावत छन्। 

यस्तै, काठमाडौं नयाँ बानेश्वरका ३७ वर्षीय अनिष अमात्य, नुवाकोटको सूर्यगढी गाउँपालिका–५ घर भइ ललितपुर इमाडोल बस्दै आएका ४५ वर्षीय गोपाल रिजाल, झापाको भद्रपुर नगरपालिका–८ घर भइ काठमाडौं मण्डिखाटार बस्दै आएका ३२ वर्षीय सागर चापागाईं, धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ काठमाडौं सोह्रखुट्टे बस्दै आएका ३२ वर्षीय पशुपति मैनाली, झापाको मेचिनगर नगरपालिका–११ घर भइ काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय भक्तबहादुर बिष्टविरुद्ध मुद्दा दर्ता गरिएको छ। 

मुद्दा दर्ता गरिएकामध्ये सागर चापागाईंले बागबजारस्थित एस टु अबोर्ड एजुकुेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक हुन्। पशुपति मैनालीले पनि डिल्लीबजारमा निप्पन एजुकेशन करिअर सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। यसअघि उनी जापानमा ४ वर्ष बसेर फर्केका व्यक्ति रहेका प्रहरीले जनाएको छ।

अर्का प्रतिवादी गोपाल रिजाल पनि कन्सल्टेन्सी सञ्चालक नै हुन्। पुतलीसडकमा प्रगति विद्याश्रम प्रालि नामको कन्सलटेन्सी सञ्चालन गर्दै आएका थिए।

अर्का प्रतिवादी भक्तबहादुर भने प्रहरीका पूर्व कर्मचारी हुन्। साढे १५ वर्ष प्रहरीमा जागिर खाएर २०७२ सालमा उनले सेवा छाडेका थिए। त्यसपछि काठमाडौंमा ध्रुवतारा सेक्युरेटी प्रालि खोली मान्छेलाई विदेश पठाउने काम गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अर्का प्रतिवादी जयराम श्रेष्ठ भने आफैं वैदेशिक रोजगारीका लागि मकाउ जान लागेका व्यक्ति हुन्। विदेश जान बेलामा नक्कली डकुमेन्ट भेटिएपछि उनी विमानस्थलबाटै पक्राउ परेका थिए। उनीबाटै सुरु भएको अनुसन्धानले अहिलेसम्म ३५ जनालाई पक्राउ गरिसकेको छ।

यो पनि पढ्नुहोस

भिजिट भिसामा मानव तस्करी : थप एकजना ट्राभल्स सञ्चालक पक्राउ

मुद्दा दर्ता गरिएका अर्का प्रतिवाली रमेश भनिने भक्तबहादुर थापा गोंगबुमा मन्जरी ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएका थिए। उनले पनि नक्कली डकुमेन्टमा विदेश पठाउने गरेको खुलेपछि पक्राउ परेका थिए। 

पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार कारबाहीको मागदाबी गरिएको छ। जसअनुसार सरकारी तथा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो।

Xtrem

Xtrem

ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरी अपरेशन चलाएको थियो। सो क्रममा सुरुमा ९ जना पक्राउ परेका थिए। 

नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।
जयराम श्रेष्ठले विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ।

यो पनि पढ्नुहोस

पाँच एअरलाइन्सको संलग्नता देखिएको प्रहरी दाबी, थप अनुसन्धान हुँदै

दीपक केसीलाई भने भक्तबहादुर थापाले ह्वाट्सएपमा सम्पर्क गरी राहदानीको फोटो पठाइ नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको खुलेको छ।

त्यसपछि दीपक केसीले बलबहादुरलाई सम्पर्क गरी ह्वाट्सएपमै विभिन्न व्यक्तिहरुबाट संकलन भएको राहदानीसहितको कागजात पठाइ ५ हजार रुपैयाँका दरले नक्कली कागजात बनाउन अर्डर दिने गरेका थिए।
बलबहादुरले नै भिसा, हवाई टिकट, श्रम स्वीकृत, बैंक स्टेटमेन्ट, चारित्रिक प्रमाणपत्र लगायतका कागजातहरु इडिटिङ गरी लागोसमेत राखी नक्कली कागजात बनाउने गरेका थिए। 

अहिलेसम्म यो प्रकरणमा अध्यागमन विभागका अधिकृत, वायु सेवा निगमका कर्मचारी, प्रहरी, नेपाल एअर लाइन्सका कर्मचारी र ट्राभल्स एजेन्सीका कर्मचारी गरी ३५ जना पक्राउ परिसेकका छन्। अनुसन्धान अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या बढ्दै जाने प्रहरीले जनाएको छ।

२ जना पहिले नै कीर्ते मुद्दामा दोषी ठहरिएका व्यक्ति
प्रतिवादी बनाइएका मध्ये २ जना भने यसअघि पनि कीर्ते मुद्दामा दोषी ठहर भएको व्यक्ति रहेको खुलेको छ। परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलका अनुसार बलबहादुर रावत र दीपक केसी यसअघि पनि कीर्तेमा दोषी ठहर भएका व्यक्ति हुन्। 

जिल्ला अदालत काठमाडौंले केसीलाई २०७६ असार २० गते लिखत तथा कीर्तेमा दोषी ठहर गर्दै १ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

अर्का प्रतिवादी रावतलाई भने २५ दिनको कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएका थियो। रावत र केसी पटके भएकाले उनीहरुको हकमा भने दफा २७६ सँगै दफा ४४ पनि लगाइएको छ। कुनै कसुर गरेको सजाय पाएको ५ वर्षभित्र अर्को कसुरमा गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बर थप सजाय हुनसक्ने व्यवस्था छ।

पक्राउ परेकामध्ये अर्का प्रतिवादी भक्तबहादुर बिष्टविरुद्ध बैंकिङ कसुरको समेत जाहेरी रहेको खुलेको छ।

किरिया बसेका गृह मन्त्रालयका अधिकृतलाई बनाइयो फरार प्रतिवादी
नक्कली कागजातमा मानव तस्करीको प्रकरणमा पक्राउ पूर्जी जारी भएर पनि फरार रहको भन्दै ३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। फरार प्रतिवादीहरुमा गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ घर भइ काठमाडौंमा ट्राभल्स सञ्चालन गरेका अन्दाजी ३२ वर्षीय कपिल गौतम, धनुकटाको पाख्रिबास गाउँपालिका–९ घर भएकी २८ वर्षीया फुर्बु लामु शेर्पा र गृहमन्त्रालयका शाखा अधिकृत ताराबहादुर कुँवर छन्। 

यो पनि पढ्नुहोस

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भइ हाल विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत कुँवर यसअघि विमानस्थलस्थित अध्यागमनमा कार्यरत थिए। सेवामै रहेका कर्मचारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ताको कारणबारे बुझ्दा उनी किरियामा रहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

‘कुँवरविरुद्ध पक्राउ पूर्जी पनि जारी भइसकेको थियो। तर हामीले पक्राउ गर्न उनको खोजी गर्दा उनी अहिले किरियामा रहेको बुझिएको छ,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। प्रहरी स्रोतका अनुसार कुँवरका बाबुको निधन भएकाले उनी अहिले किरियामा छन्। अदालतमा मुद्दा दर्ता भएकाले अब उनले सिधै अदालतमा उपस्थित हुनुपर्ने हुन्छ।

कुँवर विमानस्थलको अध्यागमनमा रहेकाले नक्कली कागजातको आधारमा घुस लिएर सेटिङमा भिजिट भिसामा मान्छेलाई विदेश पठाउने काममा संलग्न रहेका प्रहरी अनुसन्धानबाट देखिएको छ। उनको सरुवा भएपछि उक्त ठाउँमा आएका अर्का शाखा अधिकृत नरवीर खड्काले समेत उक्त धन्दालाई निरन्तरता दिएपछि उनी पनि अहिले प्रहरी हिरासतमा छन्। उनी २ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।

कुँवरलाई सरकारी कर्मचारी रहेकाले भ्रष्टाचार निवारण ऐन समेत आकर्षि हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि पत्राचार गरिएको परिसर स्रोतले जानकारी दियो।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्