Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भिजिट भिसामा डरलाग्दो सेटिङ

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

64x64
नारायण अधिकारी बिहीबार, मंसिर २८, २०८०  १४:४२
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विभिन्न मुलुक पठाएर मानव तस्करी हुने गरेका घटना धमाधम सार्वजनिक भइरहेका छन्। पछिल्लो मानव तस्करी प्रकरणमा बहालवाला प्रहरीदेखि पूर्वप्रहरी, अध्यागमनदेखि वायु सेवा निगम र ट्राभल एजेन्सीसम्मका कर्मचारी समेत पक्राउ परेर अहिले अनुसन्धानको दायरामा आएका छन्। 

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अहिलेसम्म ३२ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको छ। अनुसन्धान अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या थप बढ्न सक्ने अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन्। 

मानव तस्करको गिरोहले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउनका लागि एजेन्ट, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, एयर लाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ बुझाउने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको पाइएको एसएसपी राठौरले बताए। 

‘निरन्तर खुल्लमखुला संघीय राजधानीकै विमानस्थलबाट कसरी मानव तस्करी भइरहेको थियो र त्यो नेक्सस तोड्न प्रहरी कसरी सफल भयो?’ यसबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

जब हटाइयो मानव बेचबिखनको टोली
गत असोज १८ गतेसम्म मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली विमानस्थलमा खटिन्थ्यो। मानव बेचबिखन अनुसन्धान ब्यूरोको एक टोलीले चौबीसै घन्टा विमानस्थलमा ड्युटी गर्थ्यो। अझ भिजिट भिसामा हुने तस्करी रोक्न भन्दै तत्कालीन मन्त्री किसान श्रेष्ठको पालादेखि डीएसपीकै कमाण्डको टोली वैदेशिक रोजगार विभागमा समेत खटाइएको थियो। 

nakkali-rahadani-1699180172-1702544087.png

मानव बेचबिखन अनुसन्धानको एक मात्र विशिष्टकृत इकाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली  विमानस्थलदेखि वैदेशिक रोजगार विभागमा समेत खटिँदा मानव तस्करी भने रोकिएन।

एसएसपी अनुराग द्विवेदी मानव बेचबिखन ब्यूरोको प्रमुख भएको बेला २०७९ पुसको दोस्रो साता त यस्तोसम्म भेटियो, महिलाले सेनिटरी प्याडमा लुकाएको अवस्थामा तेस्रो मुलुकको भिसा लागेको डकुमेन्ट समेत भेटिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भिजिट भिसामा दुबई जान लागेका महिलालाई शंका लागेर जाँच गर्दा उनको ह्याण्डब्याग भित्र रहेको सेनिटरी प्याडमा कुवेत लेखिएको भिसा प्रिन्ट कपी भेटिएको थियो। यतिसम्म भेटिँदा प्रहरीले ती महिलालाई विदेश जान त रोक्यो तर ती महिला कुन एजेन्ट वा मानव तस्करीमार्फत त्यसरी कुवेत जान लागेकी थिइन् भन्नेबारे त्यतिबेला प्रहरीले कुनै अनुसन्धान नै अघि बढाएन। 

त्यतिबेलैदेखि मानव बेचबिखन अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद देखिएको थियो। त्यस यता पनि प्रहरीले अवैध तरिकाले भिजिट भिसामा बाहिर जानका व्यक्ति भन्दै केहीलाई फर्काउने गरेको थियो। 

तर, तिनीहरुबाट भेटिएका अवैध तथा नक्कली डकुमेन्ट, बैंक ग्यारेन्टी लगायतका कागजाततर्फ प्रहरीले कुनै अनुसन्धान अघि बढाएन। त्यति मात्रै होइन, अध्यागमनका कर्मचारीसँगै ब्यूरोकै प्रहरी टोली समेतको मिलेमतोमा निरन्तर मानव तस्करी हुने गरेको केही आधार समेत भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत असोजमा तत्कालै एक्सन लिएका थिए। 

399840760_1643314119530483_5144407274746208510_n-1699179901-1702544084.jpg

Xtrem

Xtrem

मानव बेचबिखन ब्यूरोका प्रहरी टोली समेतको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको पाइएपछि गत असोज १८ गते गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा ब्यूरोको टोलीलाई विमानस्थलबाट हटाएर उक्त जिम्मेवारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिइएको थियो। 

जब अपराध अनुसन्धान कार्यालयले यो जिम्मेवारी पायो, त्यसपछि बल्ल मानव तस्करका गिरोहहरु प्रहरीदेखि अध्यागमन, वायु सेवा निगमका कर्मचारीसम्म पक्राउ परे।

ब्यूरोमै बसेका डीएसपीले तोडे नेक्सस
विमानस्थलबाट दिनहुँ मानव तस्करी हुनुमा मानव बेचबिखन ब्यूरोकै भूमिका शंकापस्द रहने अर्को बलियो आधारको रुपमा अहिलेको अनुसन्धानलाई लिइएको छ। 
भिजिट भिसामा हुने मानव तस्करी अनुसन्धानको कमाण्ड अहिले अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले गरिरहेका छन्।

भिजिट भिसामा हुने मानव तस्करी सूचना र यसबारे जानकार डीएसपी पन्थी नै भएकाले उनलाई यसको कमाण्डर बनाएर अपराध अनुसन्धान कार्यालयले कारबाही चलाइराखेको छ। डीएसपी पन्थी नै यसको जानकार हुनेमा यसको साइनो पनि मानव बेचबिखन ब्यूरोसँग जोडिएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अपराध अनुसन्धान कार्यालय आउनुअघि पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। ब्यूरोमा रहँदा उनले प्रशासनको जिम्मेवारी सम्हालेका थिए। त्यही रहँदा भिजिट भिसाको नाममा हुने मानव तस्करीको केही सूचना र जानकारी पाएका डीएसपी पन्थीले अपराध अनुसन्धान कार्यालयमा पुगेपछि यसको अनुसन्धान कमाण्ड गरेको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

मानव बेचबिखन ब्यूरोको भूमिका शंकास्द देखिएपछि ब्यूरोको टोलीलाई हटाएर अपराध अनुसन्धान कार्यालयको टोलीलाई खटाइएपछि डीएसपी पन्थीको टोलीले यसबारे सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। त्यसको एक महिनापछि कात्तिक १९ गते नै भिजिट भिसामा विदेश पठाउने गिरोहका ९ जनालाई पक्राउ गरेर अपराध अनुसन्धान कार्यालयको टोलीले सार्वजनिक गरेको थियो। 

त्यसको भोलिपल्टै कात्तिक २० गते चार जना कन्सल्टेन्सी सञ्चालक पक्राउ गरेर सार्वजनिक गरिएको थियो। त्यतिबेला एसीई कन्सल्टेन्सी सञ्चालक अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस टु अब्रोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं पक्राउ परेका थिए।

पन्थीकै सूचनाको अधाारमा अहिलेसम्म ३२ जना पक्राउ परिसकेका छन्। बुधबार मात्रै प्रहरीले विमानस्थलको अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का र वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एयरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेललाई पक्राउ गरेर सार्वजनिक गरिएको छ। 

385564271_188738604282087_7402892770128231254_n-1699179901-1702544144.jpg

उनीहरुसँगै वनट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, स्याङ्जाका रामप्रसाद भण्डारी, स्की टुर एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, सिरहाका सरोजकुमार यादव, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एड्भान्स म्यानेज एण्ड मल्टिपल ट्रेनिङका सञ्चालक गणेश पाण्डे, रोलेक्स ट्राभल्सका कर्मचारी सञ्जय तामाङ, रोलेक्सकै अर्का कर्मचारी राजकिशोर साह, स्की टुर एण्ड ट्राभल्सका कर्मचारी रविन अर्याल गरी १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो। 

भिजिट भिसा सम्बन्धी कार्यविधि २०७९ अनुसार भिजिट भिसामा घुम्न जानका लागि वार्षिक ४ लाख आम्दानी देखिने र कर प्रणालीको दायरामा आएको देखिने विवरण पेस गर्नुपर्ने, दुबईकै लागि पनि कम्तीमा २ लाख बैंक डिपोजिट हुनुपर्ने, दुईतर्फी हवाई टिकट हुनुपर्ने, होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

तर, यी सबै डकुमेन्टहरु नक्कली बनाउने र विमानस्थलमा सेटिङ गरेर गिरोहले खाडी मुलकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र पार्दै आएका छन्। 

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र त्यहाँ खटिएका अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ।

भिजिट भिसामा मानव तस्करी हुने गरेको घटनाको पटाक्षेप हुँदा अनुसन्धानको मुख्य जिम्मेवारी पाएको मानव बेचबिखन ब्यूरोको भूमिका यो घटनामा कतै देखिँदैन। मानव तस्करी विरुद्धको कानुन नभएकाले पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध र लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसएसपी राठौरले बताए।

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्