• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भिजिट भिसामा मानव तस्करी :

पाँच एअरलाइन्सको संलग्नता देखिएको प्रहरी दाबी, थप अनुसन्धान हुँदै

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०८०  १७:२५
1140x725

काठमाडौं– नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा क्रममा पाँच वटा एअर लाइन्सको संलग्नता खुलेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार अहिलेसम्म नेपाल एअरलाइन्स, एअर अरेबिया, फ्लाई दुबई, हिमालय एअर र अल जजिरामार्फत् सेटिङमा भिजिट भिसामातर्फ मानव तस्करी हुने गरेको खुलेको छ।

भिजिट भिसामा जानका लागि दुबैतर्फको टिकट अनिवार्य हुनुपर्ने व्यवस्था छ। जसकारण नेपाल फिर्ता हुने टिकट नकाटी एअरलाइन्सको सेटिङमा नक्कली टिकट बनाएर नेपाली युवा–युवतीलाई विभिन्न मुलुक पुर्‍याइएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

नेपाल फिर्ता हुने नक्कली टिकटको आधारमा नेपाली युवा–युवतीलाई भिजिट भिसामा विभिन्नु मुलुक पुर्‍याएवापत एअरलाइन्सहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नक्कली डकुमेन्टमा सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाएको आरोपमा यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जना नेपाल वायु सेवा निगमका कर्मचारीलाईसमेत पक्राउ गरिसकेको छ। पक्राउ परेका वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एयरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेल निलम्बनसमेत भइसकेका छन्।

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

अन्य एअरलाइन्सको भूमिकासमेत शंकास्पद देखिएको र नक्कली डकुमेन्टको आधारमा सेटिङमा मान्छे ओसारको देखिएपछि थप एअरलाइन्ससमेत अहिले प्रहरीको अनुसन्धानमा परेका छन्। ‘नेपाल एअरलाइन्सका कर्मचारी त हामीले पक्राउ गरिसकेका छौं। यसमा अन्य एअरलाइन्सको समेत संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको छ,’ अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले भने।

यो प्रकरणमा अध्यागमनका शाखा अधिकृत नरवीर खड्का, नेपाल एअर लाइन्स र नेपाल वायु सेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालकदेखि प्रहरी र एजेन्टसहित अहिलेसम्म ३४ जना पक्राउ परिसकेका छन्। अनुसन्धान जारी रहेकाले थप व्यक्ति पक्राउ पर्ने प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

मानव तस्करको गिरोहले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउनका लागि एजेन्ट, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, एअरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ बुझाउने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको अनुसन्धानबाट खुलेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले भिजिट भिसासम्बन्धी प्रावधानलाई कडाई गरेपछि मानव तस्करको गिरोहले अध्यागमनका कर्मचारीदेखि प्रहरी, कन्सल्टेन्सी सञ्चालक, एअरलाइन्ससम्मका कर्मचारीलाई घुस खुवाएर नक्कली डकुमेन्टमा विदेश पठाउँदै आएका थिए।

यो पनि पढ्नुहोस

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

भिजिट भिसासम्बन्धी कार्यविधि २०७९ अनुसार भिजिट भिसामा घुम्न जानका लागि वार्षिक ४ लाख आम्दानी देखिने र कर प्रणालीको दायरामा आएको देखिने विवरण पेस गर्नुपर्ने, दुबईकै लागि पनि कम्तीमा २ लाख बैंक डिपोजिट हुनुपर्ने, दुईतर्फी हवाई टिकट हुनुपर्ने, होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

तर, यी सबै डकुमेन्टहरु नक्कली बनाउने र विमानस्थलमा सेटिङ गरेर गिरोहले खाडी मुलकमा पुर्‍याएरर नेपाली नागरिकलाई अलपत्र पार्दै आएका छन्। नेपाली महिलाहरुलाई खाडीको मुलुकहरुमा घरेलु कामदारमासमेत प्रतिबन्ध लगाइको छ। तर मानव तस्करको गिरोहले सेटिङमा खाडीको मुलुकमा नेपाली महिलाहरुलाई पठाएर घरेलु कामदारको रुपमा कामसमेत लगाउँदै आएको छ।

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, दुईतर्फीको नक्कली हवाई टिकट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र त्यहाँ खटिएका अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ। पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्