complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
भिजिट भिसामा मानव तस्करी

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँट
64x64
नारायण अधिकारी आइतबार, पुस १, २०८०  १८:४४
1140x725

काठमाडौं- नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीबारे नयाँ तथ्य फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा नयाँनयाँ रहस्य खुल्दै गएका छन्। 

पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएको मोबाइलबाट थप अनुसन्धान गर्ने क्रममा हप्ता–हप्ता दिनमा मोबाइल नै परिवर्तन हुने गरेको नयाँ तथ्य फेला परेको छ। हालसम्म पक्राउ परेका ३२ जनामध्ये अध्यागमन र वायु सेवाका कर्मचारीमाथिको अनुसन्धानका क्रममा उनीहरुले एक–एक हप्तामा मोबाइल परिवर्तन गर्ने गरेको पाइएको हो। 

प्रहरीले पक्राउ गरेको अवस्थामा मोबाइलमार्फत सम्पूर्ण गतिविधि लिक हुन सक्ने भन्दै उनीहरुले एउटा मोबाइल बढीमा एक हप्ता मात्रै प्रयोग गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए। 

पक्राउ परेकाहरुको मोबाइलमार्फत थप अनुसन्धान गर्ने क्रममा उक्त तथ्य खुलेको हो। हालै पक्राउ परेका विमानस्थलको अध्यागनका शाखा अधिकृत नरवीर खड्काले समेत एक–एक हप्तामा मोबाइल परिवर्तन गर्ने गरेको खुलेको हो। 

आफूले प्रयोग गर्ने एउटा मोबाइल स्थायी भए पनि तस्करका एजेन्टसँग कुराकानी गर्न भने उनीहरुले छुट्टै मोबाइल प्रयोग गर्दै आएका थिए। मोबाइल र सीमकार्ड समेत तस्करका एजेन्टले नै अध्यागनका कर्मचारीलाई उपलब्ध गराउने गरेको पाइएको छ। 

बढीमा एक हप्तासम्म एउटा मोबाइल र सीमकार्ड प्रयोग गरेपछि उक्त मोबाइल उनीहरुले पानीमा फाल्ने गरेको अनुसन्धानबाट खुलेको छ। एक महिना अघिदेखि यो गिरोहका सदस्यहरु पक्राउ पर्न थालेपछि एजेन्टले थप विवरणहरु खुल्न सक्ने भन्दै विमानस्थलमा कार्यरत कर्मचारीलाई हरेक हप्ता नयाँ मोबाइल र सीमकार्ड उपलब्ध गराउँदै आएका थिए।

सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँट
पक्राउ परेकाहरुको अनुसन्धानबाट अध्यागमनका कर्मचारीले भने सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँड गर्ने गरेको पाइएको छ। एक जनालाई अवैध तरिकाले भिजिट भिसामा बाहिर पठाए वापत ५० हजार रुपैयाँ अध्यागमनका कर्मचारीहरुले लिने गरेका थिए। 

अध्यागमनका शाखा अधिकृत नरवीर खड्काकै संयोजकत्वमा विमानस्थलमा यात्रु सहजीकरण समिति थियो। उनै खड्का रहेको समितिले भने यात्रुहरुलाई सहजीकरण गर्नुको साटो प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम उठाएर बाँडफाँट गर्ने गरेको खुलेको छ। ‘यात्रु सहजीकरण समितिभन्दा पनि यो त उठ्ती-पुठ्ती समिति जस्तो देखियो। रकम उठाउने र भागबण्डा लगाउने गरेको देखिन्छ,’ अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले भने।

Ncell 2
Ncell 2
nimb
nimb

बाल्टिक होटलमा अध्यागमनका अधिकृत नरवीरले बुझे एक करोड
हाल पक्राउ परेका अध्यागमनका अधिकृत नरवीरले एक करोड रुपैयाँ निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज छिरिङ लामाबाट बुझेको खुलेको छ। मनोज उनका साला तथा उक्त ट्राभल्सका कर्मचारी पदम लामा पक्राउ परेपछि उक्त रहस्य बाहिर आएको हो।

उनीहरुले नरवीरमार्फत नै आफूहरुले नक्कली डकुमेन्ट बनाएर ३ सय जनालाई भिजिट भिसामा विदेश पठाएको बताएका छन्। त्यसवापत एक करोड रुपैयाँ नरवीरलाई दिएको पनि बयान उनीहरुले दिएका छन्। 

विमानस्थल अगाडिको होटल बाल्टिक इनमा गएर उनीहरुले नरवीरलाई रकम बुझाउने गरेका थिए। मंसिर २६ गते २ लाख रुपैयाँ घुस लिदै गर्दा खड्का पक्राउ परे। पैसा लिँदै गर्दा रंगेहात फेला परेका खड्कालाई प्रहरी टोलीले पक्राउ गर्न लाग्दा पैसा समेत च्यातेका थिए।

प्रहरीले पक्राउ गर्दा खड्काको मोबाइलमा भिजिट भिसामा बाहिर जाने ६६ जनाको नाम लिस्ट समेत फेला परेको थियो। उक्त नामअनुसारका व्यक्ति भए सेटिङमा भिजिट भिसामा जान दिने ती बाहेककालाई भने फर्काउने गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तस्करका एजेन्टले विभिन्न पाँच वटा एअरलाइन्समार्फत सेटिङमा विदेश पठाउने गरेको खुले पनि अहिलेसम्म भने नेपाल वायु सेवा निगमका कर्मचारी मात्रै परेका छन्। अन्यको हकमा अनुसन्धान भइरहेकाले केही दिनमै थप व्यक्ति पक्राउ पर्ने प्रहरीले जनाएको छ। 

आन्दोलन गर्ने चेतावनी
गृह मन्त्रालयकै कर्मचारी पक्राउ परेपछि विमानस्थलस्थित अध्यागमनमा खटिएका कर्मचारीहरु भने प्रहरीको अपरेसनप्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन्। 
निजामती नियमावली विपरीत कामकाजमा खटिएका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुले असन्तुष्ट जनाएका हुन्। 

आन्दोलन गर्नेसम्मको चेतावनी दिएपछि गृह मन्त्रालयको आइतबार यसबारे बुझ्ने प्रयास समेत गरेको थियो। अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरले फौजदारी कसुरको प्रमाण पर्याप्त भएकाले पक्राउ गरिएको भन्दै गृहमा रिपोर्टिङ समेत गरेका थिए।

प्रहरी टोलीले निजामती कर्मचारीको कसुरबारेको प्रमाण समेत देखाएपछि भने उनीहरु हच्किएको स्रोतले नेपाल लाइभलाई बतायो। त्यसो त पक्राउ परेका अधिकृत खड्का सत्ताको बागडोडर सम्हालेको माओवादी केन्द्रका प्रदेश सांसद विमला केसीको ज्वाईं नाता पर्ने व्यक्ति समेत रहेको पाइएको छ। जसका कारण पनि प्रहरीमाथि अहिले दबाब आइरहेको छ।

अहिलेसम्म यो प्रकरणमा प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ। अपरेसन अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या थप बढ्ने बताइएको छ। संगठित रुपमा नेटकर्व नै बनाएर नक्कली डकुमेन्ट बनाउँदै भिजिट भिसामा मानव तस्करी गरेको पाइएपछि प्रहरीले लिखतसम्बन्धी कसुरका साथै संगठित अपराधको कसुरमा पनि मुद्दा चलाउने तयारी गरेको छ।

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्