काठमाडौं– कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो।
दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।