काठमाडौँ– नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ।
हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ७८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि २ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाईकल पछाडि सवार सिराहाको लहान नगरपालिका– १ मटिहरवा बस्ने २६ वर्षीय शीतल चौधरी रहेका छन्।
उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा १.६ ग्राम फेला परेकोले रीतपूर्वक बरामद गरी निज दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।