काठमाडौं– ग्रीस पठाउने नाममा करिब १४ लाख रुपैयाँ ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगेर फरार भएका होमबहादुर तामाङलाई पक्राउ गरेको हो।
गोरखाको पालुङटार नगरपालिका–९ घर भइ ललितपुर बस्दै आएका ५० वर्षीय तामाङले वैदेशिक रोजगारीमा ग्रीस पठाउने १३ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए।
उनले लक्ष्मण सापकोटासहित दुई जनालाई ग्रीस पठाइदिन्छु भन्दै रकम लिएर ठगी गरेका थिए। ग्रीस जान १० लाख ५० हजार लाग्छ र मासिक कमाई १ लाख १५ हजार रुपैयाँ हुन्दै उनीहरुबाट पटक पटक गरी तामाङले १३ लाख ८४ हजार रुपैयाँ लिएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए।
पक्राउ परेका तामाङलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।