काठमाडौं- आइतबार जम्मा ९ मिनेट कारोबार हुन पाएको सेयर बजारले १११ अङ्कको छलाङ हानेको थियो। कारोबार सुरु भएको ५ मिनेटमै सर्किट लागेर त्यसको २० मिनेटपछि खुलेको र लगत्तै २ मिनेटमै पुन: सर्किट लागेर ४० मिनेटमा कारोबार बन्द भएको थियो।
त्यसपछि पनि पुन: खुलेको बजारमा अरु २ मिनेटमा ब्रेक हान्नुपर्ने अवस्था बन्यो र सो दिनको कारोबार नै बन्द भयो।
पछिल्लो दिन त्यस्तो रेकर्ड बनाएको पुँजी बजार सोमबार भने सम्हालिन सकेको छैन। दिउँसो १:१५ सम्मको कारोबारमा नेप्से २५ अंक माथिले ओरोलो लागेको छ। त्यसो त आरोलो यात्रा ३४ अङ्कसम्मले तल पुगेको थियो। यता, कारोबार रकम भने ३ खर्ब १४ करोड माथि पुगेको छ।
सोमबार उत्पादन र मुच्यल फण्ड बाहेक सबै उपसमूहहरु राताम्मे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।