काठमाडौं- सुनको मूल्य सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ। चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ।
आइतबार एक लाख १७ हजार ५ सय रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।