काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यसैगरी अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ।
यस्तै क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९६ पैसा र बिक्री दर ९८ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ५० पैसा र बिक्री दर २८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।