काठमाडौं- नयाँ सडक (न्यूरोड)मा तस्करीको सुन गाल्ने कारखानाका सञ्चालक पदमप्रसाद पाण्डविरुद्ध म्याद थप गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख सोमेन्द्र सिंह राठौरले पाण्डेविरुद्ध ७ दिनको म्याद थप भएको बताए।
पाण्डेले न्युरोडमा ओमपाल गोल्ड ज्वेलर्स समेत सञ्चालन गर्दै आएका थिए। उनका अनुसार पाण्डेबाट ३९ लाख रुपैयाँ भन्दा बढी बरामद भएको र हुण्डी कारोबारी देखिएकाले हुण्डीको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएको हो।
उक्त रकमका साथै प्रहरीले उनको कारखनाबाट सुन पनि बरामद गरेको थियो। बरामद गरिएको सुनको तौल ७ किलो १३५ ग्राम रहेको पाइएको प्रहरीले जनाएको छ। उक्त सुन राजश्व अनुसन्धान काार्यालयको जिम्मा लगाइने प्रहरीले तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।