धुलिखेल– ठूलो परिमाणमा सुन तथा चाँदी र नगद रकमसहित काभ्रे प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकव छ।
प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित १ घरमा डेरा गरी बस्दै आएका भारतको मराष्ट्र राज्यको साङ्ली जिल्ला घर भएका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो। विभुतेले ठूलो परिमाणमा सुन तथा चाँदी बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनको डेरामा छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २३५.९ ग्राम बरामद भएको छ। यस्तै, १ हजार ९०१.२६ ग्राम चाँदी, ५ लाख ७६ हजार नेपाली रुपैयाँ र २२ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ।
प्रहरीले उनको साथबाट सुन जोख्ने तराजु, एभरेस्ट बैंक र नेपाल एसबीआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।