• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

फेरि घटाइयो धनगढीको मुख्य सडकको चौडाइ

64x64
शेरबहादुर ऐर सोमबार, मंसिर १८, २०८०  १६:३१
1140x725

धनगढी- धनगढी उपमहानगरपालिकाले निर्माणाधीन मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको चौडाइ फेरि घटाएको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको मुख्य सडकको चौडाइ घटाएर २१ मिटर बनाइएको हो।

प्रदेश सरकार, केही व्यवसायीहरुले सडक क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउन आनाकानी गरेपछि सडकको चौडाइ घटाइएको हो।

ठेक्का सम्झौताका क्रममा मुख्य सडकको क्षेत्राधिकार ३० मिटर कायम गरिएको थियो। यद्यपि, निर्माणका क्रममा सो सडकको कालोपत्रे २४ मिटर भित्र गर्ने सम्झौता कम्पनीसँग भएको जनाइएको छ। 

कालिका कन्स्ट्रक्सनले निर्माण गर्न लागेको सो सडकको विस्तृत परियोजना प्रतिवेदनमा सडकको क्षेत्राधिकार ३० मिटर उल्लेख छ। एडीबीको ऋण सहयोगमा धनगढीमा पहिलो चरणमा सात वटा सडकको निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो।

धनगढीका स्थानीयहरुले सडक चौडा गरिनुपर्ने माग राख्दै आएकोमा मुख्य सडकको चौडाइ घटाउने कार्य भइरहेको हो।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले भने, ‘सडकको क्षेत्राधिकार ३० मिटर हो। अहिले कालोपत्रे भइरहेको क्षेत्र २४ मिटर हो।’ तर उनले भनेको विपरीत सडकको कार्य २१ मिटर भित्र भइरहेको छ। कालोपत्रे, नाली तथा पैदलमार्ग २१ मिटर भित्र निर्माण भइरहेको जनाइएको छ।

नगर प्रमुख गोपाल हमालको जग्गा पनि सडक भित्र परेपछि चौडाइ घटाइएको स्थानीयहरुको आरोप रहेको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सडकको मापदण्डअनुसार २१ मिटर (१५ मिटर र ६ मिटर सेटव्याग सहित) २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको नगर प्रमुख गोपाल हमालले बताए।

Ncell 2
Ncell 2

‘मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साललगायत मन्त्रीपरिषद् कार्यालयले धनगढी चौराह-कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडि बढाइएको छ,’ उनले भने, ‘शुक्रबारदेखि धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन सडकमा चिह्न लगाउन सुरु गरेको थियो।’

उपमहानगरपालिकाले एडीबीसँग सम्झौता भएको ४२.९६२ किलोमिटर सडकमध्ये १० दशमलब दुई सय ५० किलोमिटर सडक पहिलो चरणमा निर्माणाधीन रहेको छन्।

धनगढी नगरको आफ्नै संरचना भत्केन
धनगढी नगर विकासका अध्यक्ष हुन् नगर प्रमुख गोपाल हमाल। तर, मुख्य सडकमा रहेको नगर विकासको कार्यालयको भवन अहिलेसम्म भत्काउन सकेका छैनन्।

नगर प्रमुख हमालले मुख्य सडकमा रहेका प्रदेश सरकारका संरचना नहट्दा सडक निर्माणमा समस्या भइरहेको आरोप लगाइरहे पनि आफ्नै संरचना भत्काउन कुनै सुरसार गरेका छैनन्।

बढ्दो सवारी चाप र जनसंख्यालाई मध्यनजर गरी धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

एकै सडकमा फरक-फरक चौडाइ
धनगढीको मुख्य सडकसँगै जोडिएको कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक ३० मिटर बनाइने भएको छ। तर सोही सडकसँग जोडिएको चौराहदेखि कैलालीपुलसम्मको सडक २१ मिटरमा निर्माणाधीन छ।

गत वर्ष उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक ३० मिटर चौडाइ बनाउने भन्दै सरकारी संरचनामा डोजर चलाएको थियो भने स्थानीयहरुले स्वयं भत्काएका थिए। अहिले सो सडकमा प्रदेश सरकारको लगानीमा नाला निर्माण कार्य भइरहेको छ।

पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार केएस कन्स्ट्रक्सनसँग ५१ करोड ६८ लाख ७८ हजार ६ सय ४१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म सो सडकमा पाँच करोड ४५ लाख ६२ हजार आठ सय ६८ रुपैयाँ खर्च भएको पूर्वाधार कार्यालयका लेखा अधिकृत नरबहादुर भाटले बताए।

उनले भने, ‘सो सडकमा चालु आर्थिक वर्षका लागि १२ करोड रकम विनियोजन भएको छ। आवश्यक परेको खण्डमा रकम थप्न सकिने छ।’

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बजेट विनियोजन गरेको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्