काठमाडौं– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकखण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक खुलाउने कार्य सम्पन्न भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो।
तातोपानी र आसपासका क्षेत्रमा बाढीले थुपारेका ढुङ्गा, माटो र गेग्रान हटाउने काम सकिएपछि सडक खुलेको हो।
‘अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन र रेखाङ्कन गरी स्थायी रूपमा सडक निर्माणको काम अघि बढाइनेछ,’ लम्सालले आफ्नो फेसबुक पेजमा भनेका छन्।
गोरखाको बूढीगण्डकी नदीमा गत असोज २५ गते भीषण बाढी आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।