काठमाडौं– अभिनेता दयाहाङ राईलाई लिएर निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म घोषणा गरेका छन्।
उनले निर्देशन गर्ने आगामी फिल्मको नाम ‘दु:खी आत्मा’ हुनेछ।
उनले फेसबुकमार्फत् फिल्म घोषणा गर्दै पटकथा लेखन अन्तिम चरणमा पुगेको बताए।
‘यसलाई म आफैं लेख्दैछु। कलाकारका रुपमा दयाहाङ राई अनुबन्धित हुनुभएको छ। बाँकी कलाकार र प्राविधिकहरुको नाम बिस्तारै टुंग्याउँदै जानेछु,’ उनले लेखेका छन्।
फिल्ममा हिमाल कडरियाले लगानी गर्नेछन्। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।
केही महिनाअघि मात्र दीपेन्द्रको फिल्म ‘नांगो गाउँ’ प्रदर्शन भएको थियो।
दीपेन्द्रले अहिलेसम्म पाँच वटा फिल्ममा निर्देशन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।