• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचनको एक वर्ष: विश्वास गुमाउँदै ‘ठूला नेता’!

64x64
किशोर दहाल सोमबार, मंसिर ४, २०८०  १८:०९
1140x725

काठमाडौं– ‘साथीहरूले मलाई तेरो (कार्यकाल) एक महिनाभन्दा बढी जाँदैन भन्थे। ठीकै छ, एक महिनामा राम्रो काम गर्ने कोसिस गर्छु। र, गर्दागर्दै छोड्नुपरेछ भने जनताकहाँ जान्छु, मलाई प्रधानमन्त्री हुनैपर्छ भन्ने छैन भनेको थिएँ। ‍भन्दै जाँदा, अहिले १० महिना, अब ११ महिना हुन लागिसक्यो। बाँचिराखिएकै छ। प्रधानमन्त्री पनि भइराखिएकै छ।’

उल्लेखित अभिव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर १ गते आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन समारोहमा गरेको सम्बोधनको अंश हो। प्रधानमन्त्रीले आफ्नो कार्यकालको सफलतालाई कामकारबाहीको सूचीद्वारा होइन, दिन र महिनाको सूचीमा व्यक्त गर्न थालेको यो पहिलो पटक होइन। यसअघि दुई पटक नौ/नौ महिना मात्रै प्रधानमन्त्री रहेका उनले तेस्रो कार्यकालमा त्यो अवधि पूरा गरिसकेका छन्। त्यसैले बढी प्रफुल्लित सुनिन्छन्।

तुलनात्मक रुपमा ‘अजेन्डाविहीन’ ठानिएको २०७९ को निर्वाचन सम्पन्न भएको सोमबार ठ्याक्कै एक वर्ष पुगेको छ। यस अवधिलाई फर्केर हेर्दा, प्रधानमन्त्रीकै शैलीमा १२ महिना बित्यो, बाँचिराखिएकै छ भन्ने समीक्षा गर्न सकिन्छ। किनकि, चुनावले एक किसिमको राजनीतिक शक्ति सन्तुलन कायम गरिदिएको भए पनि पछिल्ला दिनमा दल र नेताहरूप्रतिको अविश्वास बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जालमा उनीहरूका गतिविधि र भाषणप्रति मान्छेको अविश्वास, दिग्दारी र आक्रोश मनग्य देखिन्छ। जसलाई दुर्गा प्रसाईं जस्ता विवादित पात्रले उपयोग गर्न थालेका छन्।

ठूला पार्टीका र स्थापित नेताहरूका गतिविधिका कारण उनीहरू स्वयं र अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकै प्रभावकारितामा प्रश्न उठ्न थालेको छ। २०६२/६३ को जनआन्दोलनको आदेशबमोजित संस्थागत गरिएका कैयौँ उपलब्धिहरूमाथि सबैभन्दा प्रश्न यही समयमा उठिरहेको छ। यसअघि पुराना सत्ताबाट लाभ पाएका व्यक्तिहरूले क्षुब्धतापूर्ण ढंगले प्रश्न उठाउने गरेको भए तापनि पछिल्ला दिनमा भने आम मानिसले नै प्रश्न उठाउन थालेका देखिन्छन्। त्यसमा मूलतः 'गणतान्त्रिक नेता'हरूका व्यवहार नै कारक देखिन्छन्।

अहिलेको व्यवस्थामाथि कोही ‘दक्षिणपन्थी’ नेताहरूका कारण होइन, अग्रमागी भनिएका प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा वा माधवकुमार नेपाल जस्ता नेताहरूकै कारण चुनौती थपिएको आरोप लाग्ने गरेको छ। जसलाई असत्य मान्नुपर्ने कारण छैन। ‘संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि यसलाई गज्जब हो, महत्त्वपूर्ण हो, मान्छेलाई सुख दिन्छ, हामी यो व्यवस्थाका लागि लडेका थियौँ भनेर मात्रै पुग्दैन। राजाका ठाउँमा राष्ट्रपति ल्याइयो त भनेर मात्रै पुग्दैन’, राजनीतिक विश्लेषक केशव दाहाल भन्छन्, ‘व्यवहार र परिणामले नै यो व्यवस्था राम्रो र अग्रमागी हो भनेर पुष्टि गर्नुपर्ने हुन्छ। नेताहरूले त्यसो गर्न सकेका छैनन्। बरु आफ्नो व्यवहारले मान्छेलाई भड्काउँदै गएका छन्। बोल्ने, बस्ने, खाने तरिकादेखि सत्ता लोलुपता र भ्रष्टाचारले मान्छेलाई भड्काउँदै लगेका छन्। त्यही नै सबैभन्दा ठूलो चुनौती हो।’

Ncell 2
Ncell 2
nimb
nimb

तर शीर्ष नेताहरूले आफूमाथि उठेको प्रश्नलाई गम्भीरतापूर्वक लिएको र सुधारको प्रतिबद्धता व्यक्त गरेको देखिँदैन। त्यसको संकेत प्रधानमन्त्री प्रचण्डले गत कात्तिक २१ गतेको बैठकबाट पाइन्छ। उनले त्यस दिन १२ बुँदे समझदारीको विरासत बोक्ने दलहरूलाई बैठकमा बोलाएका थिए। सार्वजनिक कार्यक्रमबाटै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती बढेको बताउने गरेका उनले राखेको बैठकबाट व्यवस्थामाथि चुनौती सिर्जना गर्नेहरूविरुद्ध मिलेर प्रतिवाद गर्ने सहमति भयो। जबकि, आत्मसमीक्षा र व्यवहार सुधारको अपेक्षा थियो।

चुनावका एक वर्षयता जनतामा आशा सिर्जना गर्न सक्ने वातावरण पनि सिर्जना भएको छैन। सुरुवातमा भुटानी शरणार्थी तथा नक्कली सुन जस्ता प्रकरणमा सरकारको सक्रियतालाई लिएर केही आशा सिर्जना भएको देखिन्थ्यो। तर समय बित्दै जाँदा त्यो आशा पनि निराशामा परिणत हुँदै गएको देखिन्छ। रोजगारी सिर्जना वा उद्यम गरी खाने वातावरण बनाउन सरकार चुक्दै गएको छ। आफ्नै घोषणापत्रका वाचा पनि पूरा गर्न दलहरूले प्रयत्न गरेको देखिँदैन। सरकारको आधारभूत कर्तव्यमा समेत सरकारले अपेक्षित काम गर्न सकेको छैन। दाहाल भन्छन्, ‘सरकारको पहिलो काम मान्छेको दैनिकीलाई सजिलो बनाउने हो। तर मूल्यवृद्धि र अभाव छ। दोस्रो, सुशासन कायम गर्ने हो। तर यी दुवैमा आश्वस्त हुने ठाउँ देखिँदैन।’

चुनावपछिको एक वर्षमा देश ठिक दिशामा गएन भन्ने नै लागेको दाहालको भनाइ छ। ‘मान्छेहरू निराश छन्। यो सरकारले काम गर्‍यो भन्ने ठाउँमा मान्छेहरू छैनन् भन्ने लाग्छ’, दाहाल भन्छन्।

त्यसो त प्रचण्ड नेतृत्वको सरकार गठन नै अस्वाभाविक थियो। प्रतिनिधि सभामा पहिलो र दोस्रो ठूलो दललाई पन्छाएर न्यून सिट संख्यासहित तेस्रो ठूलो पार्टीका नेता उनी प्रधानमन्त्री बन्न सफल भए। अर्कोतिर, चुनावताका एउटा गठबन्धन गरेर निर्वाचनमा होमिए, चुनावपछि अर्कै गठबन्धन सिर्जना गरेर सरकारको नेतृत्व गरे, तत्कालै गठबन्धन परिवर्तन गरे। उनको गठबन्धन हेरफेरले प्रदेश सरकारहरू समेत अस्थिर हुन पुगे। परिणामतः कोशी प्रदेशमा पाँचौँ मुख्यमन्त्री नियुक्त भएका छन्। सबै जसो प्रदेशमा सरकार परिवर्तन भएका छन्। यस किसिमका तीव्र राजनीतिक पटाक्षेपले पनि नागरिकमा निराशा थपिएको छ।

अर्कोतिर, ठूला भनिएका नेताहरूले मुलुकको संकटलाई हल गर्ने क्षमता पनि गुमाउँदै गएका छन्। ‘आफूलाई विचार, संगठन प्रणाली, मुद्दा, प्राथमिकता, संस्कृति र नेतृत्वमा सम्पूर्ण रुपले पुनर्गठन नगर्ने हो भने अहिलेको राजनीति, पार्टी र नेताहरूले नेपालको पछिल्लो संकटलाई हल गर्न सक्दैनन्’, दाहालले भन्छन्।

नेताहरूको ध्यान दाहालले भनेको कोणतिर देखिँदैन। बरु उनीहरू निर्वाचन सम्पन्न भएको एक वर्ष नपुग्दै २०८४ को चुनावको तयारीका लागि मिसन घोषणा गर्न थालेका छन्। मुख्य दलहरू नै २०८४ को पछि दौडिरहँदा २०७९ को निर्वाचनको जिम्मेवारी कसले पूरा गर्ने भन्ने प्रश्न उब्जिएको छ। ‘देश लक्ष्यविहीन भयो। विचारविहीन भयो। योजनाविहीन भयो। सारा मान्छेहरू निराश छन्। जिम्मेवार राजनीतिक दलहरूले मान्छेहरूलाई त्यहाँबाट निकाल्ने कुरा पो गर्नुपर्छ त। अजेन्डाको कुरा पो गर्नुपर्छ त। विचारको कुरा पो गर्नुपर्छ त’, दाहाल भन्छन्, ‘२०८४ मा जित्छौँ भन्नेहरूले त्यो चुनावमा जितेर पो के हुन्छ?’
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्