काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको मतगणना जारी छ ।
केही निर्वाचन क्षेत्रबाट पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर हावी भएको छ ।
बिहान साढे ७ बजेसम्मको नजिताअनुसार रास्वपाले ३० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । त्यस्तै, अघिल्लो संसदको पहिलो दल नेपाली कांग्रेसले ४ र दोस्रो ठूलो दल नेकपा (एमाले)ले २ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।
रास्वपाले अग्रता कायम गरेका अधिकांश क्षेत्रमा फराकिलो अन्तर रहेको छ ।
यस निर्वाचनको इपिसेन्टर मानिएको झापा– ५ मा रास्वपाका बालेन शाहले अग्रता कायम गरेका छन् । यो समाचार तयार गर्दासम्म बालेनले १ हजार ४७८ मत प्राप्त गर्दा एमालेका ओलीले ३८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, भक्तपुर– २ मा पनि रास्वपाले अग्रता कायम गरेको छ । जहाँ रास्वपाका राजीव खत्रीले १ हजार ४०० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार २०० मत ल्याएका छन् ।
त्यसैगरी चितवन– २ मा पनि रास्वपाका रवि लामिछानेले २ हजार ८०१ मत ल्याउँदा एमालेका अस्मित घिमिरे १ हजार २५९ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।