काठमाडौँ– भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् ।
खत्रीले १४ सय मतसहित अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन् ।
अहिलेसम्मकाे मतपरिणाम अनुसार बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेस उम्मेदवार कबिर रानाले १७१ प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, राप्रपाका विक्रम थापाले ३५, श्रम संकृति पार्टीका अर्जुन बासुले १५ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ३७ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।