काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताएका छन्।
१६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भए पनि बन्न नसकेकाले सरकारले नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताए।
उनले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्याइएको बताए। उनले बीउ बिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिबद्धता जनाए।
मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिस्थापन गर्नु रहेको बताए। आजबाट सुरु भएको प्रदर्शनी कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।