काठमाडौं- रियल मड्रिडमा आबद्ध इंग्लिस खेलाडी जड बेलिङ्घमले बेस्ट योङ प्लेअरको अवार्ड जितेका छन्। फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई कोपा ट्रफीका नाममा यो अवार्ड दिँदै आएको छ।
गत वर्ष बोरुसिया डर्टमण्डमा रहँदा उत्कृष्ट प्रदर्शन गरेका बेलिङ्घलाई यो अवार्ड प्रदान गरिएको हो। सोमबार पेरिसमा आयोजना भएको बालोन डीओर सेरोमोनीको कार्यक्रममा बेलिङ्घमले यो अवार्ड हात पारेका हुन्।
अहिले रियलमा आबद्ध भएका बेलिङ्घले यो सिजन पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यो सिजनको पहिलो १३ खेलमा उनले १३ गोल गरेका छन्। गत सिजन बोरुसियामा रहँदा उनले ४२ खेलमा १४ गोल गरेका थिए।
कतार विश्वकपमा उनले इंग्ल्याण्डलाई क्वारफाइनल पुर्याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले जर्मनीका जमल मुसियाललाई पछि पार्दै यो अवार्ड हात पारे।
यस्तो छ योङ प्लेअरको टप १० सूची
–बेलिङ्घम (रियल मड्रिड)
–जमल मुसियाला (बायर्न म्युनिख)
–पेड्री (बार्सिलोना)
–इडुवार्डो कामाभिङ्गा (रियल मड्रिड)
–गाभी (बार्सिलोना)
–जाभी सिमोन (आरबी लेइपजिग)
–अलेजान्द्रो बाल्डे (बार्सिलोना)
–एन्टोनिओ सिल्भा (बेनफिका)
–रास्मुस होज्लुण्ड (म्यानचेस्टर युनाइटेड)
–इल्ली वाही (लेन्स)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।