काठमाडौं। युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा लामिन यमलले सातौं मिनेटमा सुरुआती गोल गरेका थिए। योसँगै च्याम्पियन्स लिगमा यामालको गोल संख्या १४ पुगेको छ। २० वर्षमुनिका खेलाडीमध्ये प्रतियोगितामा उनको गोल संख्या सबैभन्दा बढी हो।
राफिन्हाले दोस्रो हाफमा दुई गोल थपेपछि बार्सिलोनाले सहज जित दर्ता गर्यो।
राफिन्हाले ५२औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि ६४औं मिनेटमा जोआओ क्यान्सेलोको खुट्टाको बाहिरी भागबाट आएको आकर्षक क्रसलाई पहिलो प्रहारमै गोलमा परिणत गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे।
यस हारसँगै एस्टन भिल्लाले जारी सिजनमा पहिलोपटक अंक गुमाएको छ। यसअघि उसले लगातार तीन खेल जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।