काठमाडौं– गोविन्दा ९० को दशकका चर्चित अभिनेता थिए। त्यो समय फिल्म उद्योगका ठूला निर्देशक र निर्माता गोविन्दासँग फिल्म गर्न चाहन्थे।
यो अवधिमा गोविन्दाको नाम फिल्म उद्योगकी एक अभिनेत्रीसँग जोडिएको थियो, जो पछि बलिउडको शीर्ष अभिनेत्रीको रूपमा चिनिइन्। उनी हुन् रानी मुखर्जी।
सन् २००० मा रिलिज भएको फिल्म ‘हद कर दिए अपने’ को सुटिङका क्रममा उनीहरुबीच घनिष्ठता बढ्यो र विस्तारै यो खबर फैलियो।
गोविन्दा अभिनेत्री रानी मुखर्जीलाई एकदिन निकै महँगो उपहार दिए। योसँगै गोविन्दाले रानीलाई आफ्नो फिल्ममा कास्ट गर्नका लागि फिल्म निर्मातालाई दबाब दिने गरेको पनि दाबी गरिएको छ। यसैबीच रानी र गोविन्दाको अफेयरको खबर गोविन्दाको पत्नीकहाँसम्म पुग्यो।
यो घटनाका कारण गोविन्दा र पत्नी सुनिताबीच चर्काचर्की पर्यो र सुनिताले घरै छोडिन्।
तर, गोविन्दाले सुनितालाई मनाएर घर फर्काए। गोविन्दासँग सुनिताले रानी मुखर्जीसँग कुनै फिल्म नगर्ने सर्त दिएकी थिइन्।
गोविन्दाले रानीसँग कहिल्यै काम नगर्ने कसम खाएपछि उनी घर फर्किएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।