काठमाडौं– २०२६ को विश्वकप छनौटअन्तर्गतको खेलमा उरुग्वेले जित निकालेको छ।
विश्वकप छनौटअन्तर्गत साउथ अमेरिका महादेशबाट प्रतिनिधित्व गर्ने टोलीका लागि भएको छनौट खेलमा उरुग्वेले ब्राजिललाई २–० गोल अन्तरले हरायो।
उरुग्वेको जितका लागि डार्बिन नुनेज र निकोलास डे ला क्रुजले १–१ गोल गरे। खेलको ३७औं मिनेटमा नुनेजको गोलमा उरुग्वेले अग्रता लिएको थियो। ७७औं मिनेटमा निकोलासले अर्को गोल गरेपछि उरुग्वेले २–० को जित निकाल्यो।
उक्त खेलमा नेयमार घाइते हुँदै मैदानबाट बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।