काठमाडौं– २०२६ को विश्वकप छनौटअन्तर्गतको खेलमा अर्जेन्टिनाले जित निकालेको छ। विश्वकप छनौटअन्तर्गत साउथ अमेरिका महादेशबाट प्रतिनिधित्व गर्ने टोलीका लागि भएको छनौट खेलमा अर्जेन्टिनाले पेरुलाई २–० अन्तरले हरायो।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले २ गोल गरे। मेसीले निको गोन्जालेज र इन्जो फर्नान्डेजको पासमा २ गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चत गरे।
बाँकी समय दुबै तर्फबाट गोल नभएपछि अर्जेन्टिनाले २–० को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।