• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रकरण : शेखरलाई कति लाभ, कति हानी?

64x64
किशोर दहाल मंगलबार, असोज ३०, २०८०  २०:१६
1140x725

काठमाडौं- आफूलाई ‘मध्यमार्गी’ नेता भन्न रुचाउँछन्, कांग्रेस नेता शेखर कोइराला। चर्का कुरा गर्ने कोइरालाहरूको स्वभाव नै नभएको उनको प्रष्टोक्ति हुने गर्छ। हुन पनि उनको भाषण तथा गतिविधिमा आक्रमता र विद्रोहीपन देखिँदैन। चौधौं महाधिवेशनपछि उनको स्थिति सभापति शेरबहादुर देउवासँग समर्पण पनि गर्न नसक्ने, विद्रोह पनि गर्न नसक्ने किसिमको थियो। तर कोशी प्रदेशमा केही दिनयता जे भयो, त्यसले कोइरालाको नयाँ छवि स्थापित भइरहेको छ।

कोइरालाले पहिलो पटक कांग्रेसमा सभापति देउवाले जे चाह्यो, त्यो मात्रै लागू हुँदैन भन्ने पुष्टि गरिदिए। किनकि, देउवासहितका सात पार्टीका नेताले असोज २५ गते कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई समर्थन गर्ने सहमति गरेका थिए। तर, त्यसका विरुद्ध उभिए कोइराला। उनले आफू निकट आठ नेतालाई पार्टी निर्णयविरुद्ध उभ्याए। एमालेको साथ दिलाए। र आफू निकट प्रदेश सभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्‍याए।

आफ्नै पार्टीको नेतृत्वमा रहेको गठबन्धनभन्दा बाहिर रहेको र प्रतिस्पर्धी दल एमालेको साथ दिलाउनका लागि कोइरालाले पार्टीका केही सीमित नेतालाई परिचालन गरेका थिए। कतिसम्म भने, आफ्नै समूहका भनिएका गगन थापा जस्ता प्रभाव नेताहरूलाईसमेत आफ्नो रणनीति र अग्रसरताबारे खुलाएनन्, सल्लाह गरेनन्। यस प्रकरणमा उनको स्वभाव, ‘म अगाडि बढेँ, पछ्याउन मन लाग्नेले पछ्याऊ’ भन्ने खालको देखियो।

कोशी प्रकरणले कोइरालाको नयाँ छवि निर्माण गरिदिएको छ- विद्रोही। अब यसलाई उनले कसरी अगाडि बढाउँछन्, कहाँसम्म अगाडि बढाउँछन्, आफूले नेतृत्व गर्ने भनिएको समूहको साथ लिन्छन् वा लिँदैनन्, पाउँछन् वा पाउँदैनन् भन्ने प्रष्ट भइसकेको छैन। कोशीको सवालमा भने उनले जित हात पार्दापार्दै पनि गर्न पुगेका केही कमजोरीका कारण कालान्तरमा उनका निम्ति प्रत्युत्पादक हुनसक्ने आकलन पनि भइरहेको छ।

यो सफलतासँगै कोइरालाले गुमाएको पहिलो विषय हो, आफ्नै समूहभित्रको विश्वसनीयता। आन्तरिक रुपमा अविश्वास सिर्जना बढ्दै गएको भएता पनि बाहिरबाट हेर्दा शेखर कोइराला र महामन्त्री गगन थापालाई एउटै समूहका नेता भनेरै चिनिन्छ। अझ यो समूहका अर्का महामन्त्री विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाईसमेत भित्र्याउने प्रयत्न चलिरहेकै छ। तर कोइरालाले कोशीको सवालमा उनीहरूलाई बेवास्ता गरिदिए। शर्मा त कोशी प्रदेशकै नेता हुन्, उनकोसमेत साथ लिएर हिँडेको देखिएन।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले कोशी प्रकरणमा सभापति देउवा र नेता कोइरालालाई बराबर आलोचना गरेका छन्। सोमबार बेलुका देउवाले उपसभापति र महामन्त्रीद्वयलाई बोलाएर गरेको छलफलपछि मन्त्री शर्माले भनेका छन्, ‘सभापतिले संस्थागत निर्णय गर्न फरक विचारहरूलाई गाँसेर अगाडि नबढ्ने र फरक विचार समूहका नेताले संस्थाको निर्णय जुन रुपमा आएको होस्। त्यसलाई कार्यान्वयन गराएर नगएर मर्यादालाई उल्लंघन गर्ने कर्म भयो। त्यसैले यो दुइटा गल्ती सभापति र अर्का नेताबाट भएको छ।’

चौधौं महाधिवेशन सभापतिको उम्मेदवार भएपछि कोइरालाले ‘एक पटक, यसै पटक’ नारा सारेका भए पनि पुनः सभापतिको उम्मेदवार बन्न चाहन्छन् भन्ने उनका अभिव्यक्तिले प्रष्ट पारेकै छ। त्यसका लागि उनले आफ्नो समूहलाई विश्वासमा लिनु र फरक समूहका नेताहरूलाई पनि आकर्षित गर्नु अपेक्षित थियो। तर, उसै पनि कमजोर संस्थापन इतर समूहलाई अविश्वास र विभाजनमा होमेका छन्। यो अविश्वास र विभाजन कति दीर्घकालीन र गहिरो हुन्छ, कोइरालालाई त्यसको ‘ब्याकफायर’ त्यति नै घातक हुन्छ। अन्ततः त्यसको असर संस्थापन इतर समूहका सबै जसो नेताले बेहोर्नुपर्ने हुन्छ। संस्थापन समूहको थप हेपाइ सहनुपर्ने हुनसक्छ।

सरकार गठनका लागि उपलब्ध अन्तिम विकल्प (उपधारा ५) जनप्रतिनिधिमूलक संस्थाको असामयिक विघटन रोक्ने र सांसदहरूले विवेक प्रयोगमार्फत् नयाँ सरकार दिनसक्ने संवैधानिक आधार हो। तर त्यो कदम सम्बन्धित पार्टीहरू सौहार्दपूर्ण हुन सकेन भने नकारात्मक असर पार्न सक्छ। २०७८ मा एमालेका माधवकुमार नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बनाए, तर त्यसले एमालेभित्रको अविश्वास झनै बढायो। अन्ततः पार्टी नै विभाजन भयो। कोशीको विषयलाई लिएर पार्टी नै विभाजन हुने स्थिति त छैन। तर अनुशासनको प्रश्न भने उठिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बन्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिनुपर्छ। त्यसपछि सरकारको च्याप्टर टुंगो लाग्छ। तर यसले डढेलोको रुप नलिने हो भने, नेपाली कांग्रेसका आगामी दिनमा जिल्ला समितिले एउटा निर्णय गर्छ वा जिल्ला सभापतिले एउटा निर्णय गर्नुहुन्छ, त्यो निर्णयको वैधानिक प्रक्रियाभन्दा बाहिर अलग्गै-अलग्गै निर्णय गर्दै हिँड्ने हो भने २०५१ सालकै जस्तो दुर्घटना हामीले बेहोर्नुपर्ने हुन्छ’, महामन्त्री शर्माको भनाइ छ।

आज कोइरालाकै कारण कोशीमा कांग्रेसलाई नै फाइदा पुगेको छ। तर, कैयौं दलहरू सम्मिलित वर्तमान सत्ता गठबन्धन प्रदेशसम्मै विस्तारित छ। त्यसैले एकअर्कालाई पछारेर अघि बढ्न अन्य दललाई सहज छ। कोशीलाई सन्दर्भमा लिँदै अन्य प्रदेश वा केन्द्रमै सीमित नेताले कोइरालालाई गुरु मान्न थाले भने के होला?

कोशीमा कार्की मुख्यमन्त्री नियुक्त हुने दिन बिहान कोइरालाले सत्ता गठबन्धनका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासँग सहमति गरेका थिए। सहमतिमा गठबन्धनप्रति प्रतिबद्धता व्यक्त गरिएको छ। तर त्यसका अतिरिक्त कोशीमा तत्काललाई कांग्रेसबाट एक जना मन्त्री बनाउने सहमति पनि भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। गठबन्धनप्रति दृढता व्यक्त गरेको भोलिपल्टै एमालेलाई पनि सहभागी गराएर मन्त्रिपरिषद् गठन गरिएको प्रशंगलाई उनले शंकास्पद रुपमा लिएका छन्।

सोमबार सुदूरपश्चिम प्रदेशमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रचण्डले भनेका थिए, ‘अस्ति कोशीमा देखिहाल्नुभयो, दुइटा गठबन्धन बन्यो। एउटा हाम्रो गठबन्धन। एमाले र असन्तुष्ट कांग्रेसको अर्को गठबन्धन। लाजमर्नु। यसलाई हल गर्न दुई दिनसम्म धेरै मेहनत गरियो। अन्ततः शेरबहादुर देउवाजी, म र शेखर कोइराला बसेर गठबन्धनको बारेमा दृढ र स्पष्ट छौं, यसलाई कमजोर पार्न दिइने छैन भन्ने कमिटमेन्टमा हस्ताक्षर गर्‍यौं। यति भएपछि ढुक्क भयो, एमालेले गरेको चलखेल त्यहीँ रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो। हामीले भनेका थियौं- विश्वासको मत लिनुभन्दा अगाडि कांग्रेसको एक जना मात्रै मन्त्री बनाउने। अरु मन्त्री नबनाउने भनेको फेरि एमालेको छिराइहालेछन्।’

तीन नेताबीच भएको सहमतिले एमालेलाई पनि झस्काएको देखिन्छ। आफूहरूलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त भएपछि र विश्वासको मत लिइएपछि सरकारबाट बाहिरिनुपर्ने स्थिति आउने हो कि भन्ने उसमा आशंका छ। किनकि ऊ कांग्रेस र एमालेबाहेक अन्य सहभागी हुने सरकारमा बस्न चाहेको छैन।

कुन कुन दल सरकारमा रहने, कुन कुन बाहिरिने भन्ने निर्क्योल केही दिनमै हुनेछ। एमाले बाहिरिने स्थितिमा उसले आफूसँगको समझदारी उल्लंघनको अर्थ लगाउन सक्छ, कोशीमा गठबन्धन तोडिने स्थितिमा गठबन्धनका दलहरूले कोइरालालाई दोष लगाउन सक्छन्।

यसबीच कोइराला भने मौन बसेका छन्। त्यसैले जे भइरहेको छ, जे हुँदैछ, त्यसप्रति उनको मत सार्वजनिक भएको छैन। उनले मुख खोलेपछि थप विषय प्रष्ट हुँदै जान्छ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्