• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गैह्रीगाउँ हत्या प्रकरण: डीएनए मिल्यो, अभियुक्तको सनसनीपूर्ण बयानपछि इन्टरपोलसँग मागियो सहयोग

64x64
नारायण अधिकारी शुक्रबार, असोज २६, २०८०  १२:४१
1140x725

काठमाडौं– काठमाडौंको गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ।

२५ दिन लामो अनुसन्धानका क्रममा विभिन्न प्रमाणहरु जुटाएर फाइल पठाएको छ। हत्या गरेर भाग्दै गरेको सीसीटीभी फुटेजदेखि संकलित अन्य अन्य प्रमाणहरु पेस गर्दै जन्म कैदको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। जसअनुसार प्रहरीले डीएनए (परीक्षण) समेत गराएर यो घटनामा थप प्रमाण जुटाएको छ। 

‘सीसीटीभी फुटेज मात्रै होइन हामीले यो घटनामा डीएनए समेत गराएर पुष्टि गरेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले भने।

प्रहरीले हत्या अभियोगमा सञ्जय भण्डारीलाई पक्राउ गर्दा उनको साथबाट हत्यामा संलग्न भनिएको खुकुरी समेत बरामद गरेको थियो। उक्त खुकुरीको बिडमा रतको टाटा बाँकी नै थियो। उक्त रगतको डीएनए हत्या गरिएकामध्ये १ जना नवीन राईको डीएनएसँग मेल खाएको प्रहरी स्रोतले जानकारी दियो। 

यो पनि पढ्नुहोस

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तको बयानले प्रहरी रनभुल्ल, विभिन्न ठाउँमा हत्या गरेको दाबी

त्यसैगरी अभियुक्तको टिसर्ट र पाइन्टमा पनि रगतको टाटा भेटिएको थियो। उक्त रगतको डीएनए पूर्णबहादुरको डीएनएसँग मेल खाएको प्रवक्ता ढुंगेलले जानकारी दिए। वैज्ञानिक प्रमाणबाट समेत यो घटनालाई पुष्टि गरिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी यो घटनामा प्रहरीले पहिलोपटक ब्रेन म्यापिङ टेस्ट समेत गरेको थियो। बयानका क्रममा अभियुक्त भण्डारीले अन्य हत्याका घटनाहरु समेत आफूले गराएको दाबी गरेका थिए। त्यसपछि अनुसन्धन अधिकारी नै रनभुल्लमा परेका थिए। अनेक बयान दिएपछि उनको मानसिक अवस्था ठिक भए/नभएको भन्ने प्रश्न उठेको थियो। 

त्यसपछि प्रहरीले भण्डारीको ब्रेन म्यापिङ गराएको थियो। भण्डारीलाई केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिमसहित ब्रेन म्यापिङ केन्द्र स्थापना गरेको छ। सोही ठाउँमा लगेर भण्डारीको ब्रेन म्यापिङ गराइएको थियो। 

अपराध अनुसन्धानका लागि नेपालमा ब्रेन म्यापिङको पहिलोपटक प्रयोग गरिएको प्रहरीले जनाएको छ। ब्रेन म्यापिङमार्फत् मानसिक अवस्था ठिक भए/नभएको पत्ता लगाउने गरिन्छ। जसअनुसार भण्डारीको मानसिक अवस्था ठिक रहेको पुष्टि भएको थियो।

Ncell 2
Ncell 2

अनुसन्धानका क्रममा भण्डारीले आफूले नक्साल, रोतोपुल, सिन्धुपाल्चोकमा अझै केही व्यक्तिको हत्या गरेको बताएका थिए। थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातोपुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शव भेटिएको थियो। भण्डारीले कतिपय घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारी चकित परेका थिए। 

यो पनि पढ्नुहोस

प्रहरीलाई रनभुल्लमा पार्ने बयान दिएपछि गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्तको ‘ब्रेन म्यापिङ’ गराइयो

अन्य ठाउँमा पनि हत्या गरेको बयान दिएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समेत सहयोग माग गरिएको छ। त्यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, घटनाका अनुसन्धान गरेका काठमाडौं परिसरका डीएसपी अंगुर जिसी, इन्सपेक्टर कृष्ण गरीले जुममार्फत् इन्टरपोलको हेडक्वार्टरका अधिकारीसँग जुम मिटिङ  समेत गरेका थिए।

उक्त मिटिङका क्रममा अनुसन्धान अधिकारीले भण्डारीले दिएको बयानबारे ब्रिफिङ गरेका थिए। उनी बोल्न नसक्ने समेत रहेको, उनले दिएको बयान सत्य हो/होइन कसरी पुष्टि गर्न सकिन्छ भन्दै अपराध अनुसन्धानको अभ्यास र अनुभवबारे सहयोग माग गरिएको थियो। 

इन्टरपोल सचिवालयले पनि सक्दो सहयोग गर्ने र आफूलाई पनि यस प्रकारण घटना नौलो भएकाले थप अनुसन्धान गर्नुपर्ने भएको बताएको प्रहरी स्रोतले जानकारी दियो। 

गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा ४ जनाको सामूहिक हत्या भएको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका खुलेको थियो। परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

सीसीटीभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।

हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कपीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
त्रिभुवन विमानस्थलबाटै गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय पक्राउ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार, पुस ११, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, पुस ११, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्