• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तको बयानले प्रहरी रनभुल्ल, विभिन्न ठाउँमा हत्या गरेको दाबी

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०८०  १४:२३
1140x725

काठमाडौं– गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका युवक अहिले प्रहरी हिरासतमा छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय सञ्जय भण्डारी अहिले जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्। भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका बोल्न नसक्ने भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

फालमको बिँड भएको खुकुरीले भण्डारीले चारै जनालाई प्रहार गरेर हत्या गरेका थिए। अधिकांशको अनुहार तथा टाउकामा चोट लागेको थियो।

सीसीटिभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।

हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कापीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।

इन्टरपेटर राखेर प्रहरीले भण्डारीमाथि थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा उनले आफूले अन्य व्यक्तिहरुको समेत हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएका छन्। उनको बयानपछि प्रहरी चकित परेको छ। नक्साल, रोतोपुलमा आफूले अझै केही व्यक्ति हत्या गरेको भण्डारीले बयान दिएपछि अनुसन्धानमा संलग्न प्रहरी नै चकित परेका थिए।

थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातो पुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शवसमेत भेटिएको थियो। 

Ncell 2
Ncell 2

अहिले उनै भण्डारीले उक्त घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारीहरु चकित परेका छन्। उनले भनेका कुराहरुलाई विभिन्न प्रमाणमार्फत् पुष्टि गर्नसक्ने आधारहरु छन्/छैनन् भन्ने विषयमा केन्द्रित भएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी उनले नक्साल क्षेत्रमा समेत एक व्यक्तिको हत्या गरेर गाडेको दाबी गर्दै बयान दिएका छन्। यद्यपि उनको बयानलाई अहिलेसम्म पुष्टि गर्ने आधारहरु प्रहरीले फेला पारेको छैन।

प्रहरीको आँखा छलेर भाग्न सकिन्छ कि वा घुम्न पाइन्छ भन्ने हिसाबले पनि भण्डारीले बयान दिएको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ। यसैगरी भण्डारीले सिन्धुपाल्चोकमा समेत हत्या गरेको भन्दै बयान दिएको प्रहरी अधिकारी बताउँछन्।

आफूलाई सिन्धुपाल्चोक पुर्‍याएपछि हत्या गरेको ठाउँ देखाइदिने उनको भनाइ छ। तर उनको भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेको छैन।

लागु औषधको कसुरमा पक्राउ परेर प्रहरी परिसर टेकुकै हिरासतमा रहेका एक व्यक्तिलाई समेत उनले आफूसँगै मिलेर हत्या गरेको भन्दै बयान दिएका छन्। तर भण्डारीको बयानमा उक्त कुरा मेल खान सकेको छैन।

विभिन्न ठाउँमा व्यक्ति हत्या गरेको भन्दै बयान दिएपछि परिसर टेकुका अनुसन्धान अधिकारीहरु भण्डारीको व्यवहार देखेर अहिले चकित परेका छन्। ‘उनले बयान दिएका केही कुराहरुमा विश्वास गर्ने ठाउँहरु पनि देखिएको, उनको हाउभाउ आनिबानीले उक्त कुराहरुमा विश्वास गर्न सक्ने वातावरण देखिन्छ, तर प्रमाण नभएका कारण उनको बयान सही हो भन्नसक्ने अवस्था छैन,’ परिसर टेकुका एक अनुसन्धान अधिकारीले भने।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग फर्निचरमा बस्दै आएका नवीन राईले मोटरसाइकलले आफूलाई ठक्कर दिएका कारण हत्या गरेको भण्डारीको प्रारम्भिक बयान थियो। तर, अहिले अन्य व्यक्तिको पनि हत्या गरेको भन्दै बयान दिएपछि भण्डारीले सुरुमा दिएको उक्त बयानसमेत सत्य हुन नसक्ने प्रहरीको आकलन छ।

यो पनि पढ्नुहोस्

काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

गैह्रीगाउँ हत्या : ४ वटै शवकाे सनाखत, एक जना पक्राउ

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : प्रहरीदेखि कुकुरसम्म अनुसन्धानमा, यस्तो छ घटनास्थल [तस्बिरहरू]

बढ्दै सामान्य विषयमा हत्याका शृङ्खला

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार प्रहरीले फेला पार्याे

एकै जनाले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : सीसीटीभीमा देखिएका एक संदिग्ध व्यक्ति पक्राउ

गैरीगाउँ सामूहिक हत्यामा नयाँ ट्विस्ट: दिपेन्द्र राई विरुद्ध जाहेरी परे पनि दर्ता भएन, हत्या आरोपित आइतबार पक्राउ परेका व्यक्ति

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त बोल्न नसक्ने व्यक्ति

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण: प्रहरीले सार्वजनिक गर्‍यो अभियुक्त

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण: दीपेन्द्र राई रिहा

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो
चुनावमा भाग लिने कांग्रेसको निर्णय
सुशीला कार्कीलाई चुनाव गराउन अधिकार नभएको ओलीको दाबी, पछि हट्नका लागि तयार रहन चेतावनी
सम्बन्धित सामग्री
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार सम... बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिए... बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। झडपमा परेर दुवैतर... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित शनिबार, मंसिर ६, २०८२
वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन : प्रवक्ता डा. महत शनिबार, मंसिर ६, २०८२
आदिलको ४८ रनको अविजित पारीमा काठमान्डुले विराटनगरलाई दियो १३५ रनको लक्ष्य शनिबार, मंसिर ६, २०८२
भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाको आन्दोलने नयाँ उर्जा दियो : प्रचण्ड शनिबार, मंसिर ६, २०८२
एनपीएल टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्