• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तको बयानले प्रहरी रनभुल्ल, विभिन्न ठाउँमा हत्या गरेको दाबी

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०८०  १४:२३
1140x725

काठमाडौं– गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका युवक अहिले प्रहरी हिरासतमा छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय सञ्जय भण्डारी अहिले जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्। भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका बोल्न नसक्ने भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

फालमको बिँड भएको खुकुरीले भण्डारीले चारै जनालाई प्रहार गरेर हत्या गरेका थिए। अधिकांशको अनुहार तथा टाउकामा चोट लागेको थियो।

सीसीटिभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।

हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कापीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।

इन्टरपेटर राखेर प्रहरीले भण्डारीमाथि थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा उनले आफूले अन्य व्यक्तिहरुको समेत हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएका छन्। उनको बयानपछि प्रहरी चकित परेको छ। नक्साल, रोतोपुलमा आफूले अझै केही व्यक्ति हत्या गरेको भण्डारीले बयान दिएपछि अनुसन्धानमा संलग्न प्रहरी नै चकित परेका थिए।

थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातो पुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शवसमेत भेटिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले उनै भण्डारीले उक्त घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारीहरु चकित परेका छन्। उनले भनेका कुराहरुलाई विभिन्न प्रमाणमार्फत् पुष्टि गर्नसक्ने आधारहरु छन्/छैनन् भन्ने विषयमा केन्द्रित भएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी उनले नक्साल क्षेत्रमा समेत एक व्यक्तिको हत्या गरेर गाडेको दाबी गर्दै बयान दिएका छन्। यद्यपि उनको बयानलाई अहिलेसम्म पुष्टि गर्ने आधारहरु प्रहरीले फेला पारेको छैन।

प्रहरीको आँखा छलेर भाग्न सकिन्छ कि वा घुम्न पाइन्छ भन्ने हिसाबले पनि भण्डारीले बयान दिएको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ। यसैगरी भण्डारीले सिन्धुपाल्चोकमा समेत हत्या गरेको भन्दै बयान दिएको प्रहरी अधिकारी बताउँछन्।

आफूलाई सिन्धुपाल्चोक पुर्‍याएपछि हत्या गरेको ठाउँ देखाइदिने उनको भनाइ छ। तर उनको भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेको छैन।

लागु औषधको कसुरमा पक्राउ परेर प्रहरी परिसर टेकुकै हिरासतमा रहेका एक व्यक्तिलाई समेत उनले आफूसँगै मिलेर हत्या गरेको भन्दै बयान दिएका छन्। तर भण्डारीको बयानमा उक्त कुरा मेल खान सकेको छैन।

विभिन्न ठाउँमा व्यक्ति हत्या गरेको भन्दै बयान दिएपछि परिसर टेकुका अनुसन्धान अधिकारीहरु भण्डारीको व्यवहार देखेर अहिले चकित परेका छन्। ‘उनले बयान दिएका केही कुराहरुमा विश्वास गर्ने ठाउँहरु पनि देखिएको, उनको हाउभाउ आनिबानीले उक्त कुराहरुमा विश्वास गर्न सक्ने वातावरण देखिन्छ, तर प्रमाण नभएका कारण उनको बयान सही हो भन्नसक्ने अवस्था छैन,’ परिसर टेकुका एक अनुसन्धान अधिकारीले भने।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग फर्निचरमा बस्दै आएका नवीन राईले मोटरसाइकलले आफूलाई ठक्कर दिएका कारण हत्या गरेको भण्डारीको प्रारम्भिक बयान थियो। तर, अहिले अन्य व्यक्तिको पनि हत्या गरेको भन्दै बयान दिएपछि भण्डारीले सुरुमा दिएको उक्त बयानसमेत सत्य हुन नसक्ने प्रहरीको आकलन छ।

यो पनि पढ्नुहोस्

काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

गैह्रीगाउँ हत्या : ४ वटै शवकाे सनाखत, एक जना पक्राउ

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : प्रहरीदेखि कुकुरसम्म अनुसन्धानमा, यस्तो छ घटनास्थल [तस्बिरहरू]

बढ्दै सामान्य विषयमा हत्याका शृङ्खला

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार प्रहरीले फेला पार्याे

एकै जनाले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : सीसीटीभीमा देखिएका एक संदिग्ध व्यक्ति पक्राउ

गैरीगाउँ सामूहिक हत्यामा नयाँ ट्विस्ट: दिपेन्द्र राई विरुद्ध जाहेरी परे पनि दर्ता भएन, हत्या आरोपित आइतबार पक्राउ परेका व्यक्ति

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त बोल्न नसक्ने व्यक्ति

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण: प्रहरीले सार्वजनिक गर्‍यो अभियुक्त

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण: दीपेन्द्र राई रिहा

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
विस्फोटक पदार्थसहित एक पक्राउ अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्