काठमाडौं– तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको सामूहिक हत्या प्रकरणमा प्रहरीलाई खबर गर्ने दीपेन्द्र राई रिहा भएका छन्।
शुक्रबार राति उनले नै ट्याक्सीमा प्रहरीवृत्त बानेश्वर पुगेर हत्याबारे जानकारी दिएका थिए। तर प्रहरीले उनीमाथि आशंका गरेर नियन्त्रणमा राखेको थियो।
आइतबार हत्यामा संलग्न सिन्धुपाल्चोकका सञ्जय भण्डारी पक्राउ परेपछि राईलाई रिहा गरिएको हो। मृतकका आफन्तले राईविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गरेको थिएन।
हत्याकाण्ड भएकै दिन घटनाको बारेमा जानकारी गराउन राई ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले राईलाई नै पक्राउ गरी अनुसन्धान थालेको थियो। तर प्रहरीले राई हत्यामा संलग्न नभएको प्रारम्भिक निष्कर्ष निकालेको थियो।
उक्त सामूहिक हत्या भण्डारी एक्लैले गरेको पाइएको छ। आइतबार साँझ भण्डारीलाई सार्वजनिक गरी घटनाबारे जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।