काठमाडौं- गैह्रीगाउँमा भएको चार जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सीसीटीभी फुटेजमा देखिएमा संदिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
उनी उक्त सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने बताइएको छ। हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो।
दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो।
कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्। मिल भित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। शुक्रबार राति ११:५५ बजे सो मिल भित्र ४ वटा शव फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।