काठमाडौं– शुक्रबार राति काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी रहेका छन्। हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको हो। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो।
उनी बोल्न नसक्ने र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउ पछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए।
वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाई नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका नवीन राईसँग अभियुक्त भण्डारीको रिसीईबीका कारण हत्या भएको पाइएको छ।
केही दिनअघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएका थिए। शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए। केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकाले र नवीनको हत्या गरे।
त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन्। थाहा पाउने डरले दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या गरेका थिए।
हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।