काठमाडौं– 'निजी भ्रमण'मा भारत गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आसाम पुगेका छन्।
उनका निजी सचिव अविनाश आचार्यले आफ्नो फेसबुकमा रविको तस्बिरसहित आइतबार लेखेका छन्, ‘अध्यात्मको एउटा अद्भुत स्थान, कामाख्या देवी, आसाम।’
साथै, त्यहाँ रविसँग नेपालीले तस्बिर खिचेको भिडियो पनि सार्वजनिक भएको छ।
लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए।
त्यहाँ रहँदा उनले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।