काठमाडौं - प्रहरी प्रमुखबाट पदमुक्त दानबहादुर कार्की बिहीबार रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् ।
आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबार दिउँसो कानुन व्यवसायीसँग परमामर्श गरेका थिए । त्यही आधारमा आज सर्वोच्च जाने तयारी भएकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गरेपछि कानुनी प्रश्न उठाउँदै रिट दिने तयारी गरिएकाे उनी निकट एक कानुन व्यवसायीले बताएका छन् ।
सरकारले कार्कीलाई पदमुक्त गर्दै एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।