काठमाडौं- शुक्रबार राति तीनकुनेस्थित गैह्रीगाउँमा भएको एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्याको तालिम प्राप्त कुकुरसहित अनुसन्धान भइरहेको छ।
दिव्य सः फर्निचर मिलमा राति ४ जनाको शव फेला परेको थियो। हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्। यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगी अनुसन्धान कार्य सुरू गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए।
घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्र गरी शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। हत्याको आशंकामा प्रहरीले साेधपुछका लागि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरी नियन्त्रणमा लिएको छ।
यस्ताे छ घटनास्थल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।