• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीलाई रनभुल्लमा पार्ने बयान दिएपछि गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्तको ‘ब्रेन म्यापिङ’ गराइयो

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०८०  १२:३७
1140x725

काठमाडौं– प्रहरीका अनुसन्धान अधिकारीलाई नै रनभुल्लमा पार्ने गरी बयान दिएपछि गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्तको ब्रेन म्यापिङ गराइएको छ। ४ जनाको सामूहिक हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका २३ वर्षीय सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार भण्डारीलाई केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको हो। स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिमसहित ब्रेन म्यापिङ केन्द्र स्थापना गरेको छ। सोही ठाउँमा लगेर भण्डारीको ब्रेन म्यापिङ गराइएको हो। 

अपराध अनुसन्धानका लागि नेपालमा ब्रेन म्यापिङको पहिलोपटक प्रयोग गरिएको प्रहरीले जनाएको छ। ब्रेन म्यापिङमार्फत् मानसिक अवस्था ठिक भए/नभएको पत्ता लगाउने गरिन्छ।
भण्डारी गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका थिए। परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

सीसीटीभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।

हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कपीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।

इन्टरपेटर (सांकेतिक भाषाका अनुवादक) राखेर प्रहरीले भण्डारीमाथि थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा उनले आफूले अन्य व्यक्तिहरुको समेत हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएका छन्। उनको बयानपछि प्रहरी चकित परेको छ। नक्साल, रोतोपुलमा आफूले अझै केही व्यक्ति हत्या गरेको भण्डारीले बयान दिएपछि अनुसन्धानमा संलग्न प्रहरी नै चकित परेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातो पुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शवसमेत भेटिएको थियो। 

भण्डारीले कतिपय घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारी चकित परेका थिए। उनले भनेका कुराहरुलाई विभिन्न प्रमाणमार्फत् पुष्टि गर्नसक्ने आधारहरु छन्, छैनन् भन्ने विषयमा केन्द्रित भएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी उनले नक्साल क्षेत्रमा समेत एक व्यक्तिको हत्या गरेर गाडेको दाबी गर्दै बयान दिएका छन्। यद्यपि उनको बयानलाई अहिलेसम्म पुष्टि गर्ने आधारहरु प्रहरीले फेला पारेको छैन।

प्रहरीको आँखा छलेर भाग्न सकिन्छ कि वा घुम्न पाइन्छ भन्ने हिसाबले पनि भण्डारीले बयान दिएको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ। यसैगरी भण्डारीले सिन्धुपाल्चोकमा समेत हत्या गरेको भन्दै बयान दिएको प्रहरी अधिकारी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूलाई सिन्धुपाल्चोक पुर्‍याएपछि हत्या गरेको ठाउँ देखाइदिने उनको भनाइ छ। तर उनको भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेको छैन।

लागु औषधको कसुरमा पक्राउ परेर प्रहरी परिसर टेकुकै हिरासतमा रहेका एक व्यक्तिलाई समेत उनले आफूसँगै मिलेर हत्या गरेको भन्दै बयान दिएका छन्। तर भण्डारीको बयानमा उक्त कुरा मेल खान सकेको छैन।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु उनको व्यवहारका कारण पनि चकित परेका छन्। ‘उनले बयान दिएका केही कुराहरुमा विश्वास गर्ने ठाउँहरु पनि देखिएको, उनको हाउभाउ आनिबानीले उक्त कुराहरुमा विश्वास गर्न सक्ने वातावरण देखिन्छ, तर प्रमाण नभएका कारण उनको बयान सही हो भन्नसक्ने अवस्था छैन,’ परिसर टेकुका एक अनुसन्धान अधिकारीले भने।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग फर्निचरमा बस्दै आएका नवीन राईले मोटरसाइकलले आफूलाई ठक्कर दिएका कारण हत्या गरेको भण्डारीको प्रारम्भिक बयान थियो। तर, अहिले अन्य व्यक्तिको पनि हत्या गरेको भन्दै बयान दिएपछि भण्डारीले सुरुमा दिएको उक्त बयानसमेत सत्य हुन नसक्ने प्रहरीको आकलन छ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल–३ तेस्रो खेल: जनकपुर बोल्ट्सले टस जित्दै फिल्डिङ रोज्यो
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल
सम्बन्धित सामग्री
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
एनपीएल–३ तेस्रो खेल: जनकपुर बोल्ट्सले टस जित्दै फिल्डिङ रोज्यो मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार, कात्तिक १०, २०८३
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल मंगलबार, कात्तिक १०, २०८३
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या मंगलबार, कात्तिक १०, २०८३
कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरविरुद्ध चितवन राइनोज ८ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्