काठमाडौं — देशका अधिकांश भूभागमा आज मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। केही स्थानमा भने आंशिक बदली हुने सम्भावना छ। बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। पहाडी र तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने विभागले जनाएको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।