काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘चाँदीको बल’ प्रदान गरिने भएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बलबाट सम्मान गर्न लागेको हो । प्रतियोगितामा रन र विकेटको प्रतिस्पर्धासँगै यो पुरस्कारले खेलाडीका लागि थप आकर्षण थप्ने अपेक्षा गरिएको छ ।
एनपीएलको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सका शेर मल्लले चाँदीको बल प्राप्त गरेका छन् । सुदूरपश्चिम र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनी यस विशेष सम्मान प्राप्त गर्ने पहिलो खेलाडी बनेका हुन् ।
एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यो पुरस्कारका लागि योग्य हुनेछन् । एक्स्ट्रिमको प्रायोजनमा रहेका दुई टोलीबीच खेल हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस पुरस्कारले प्रतियोगितामा खेलाडीको व्यक्तिगत प्रदर्शनलाई थप प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धालाई रोमाञ्चक बनाउने विश्वास गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।