• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
मणिपाल घटना

१५ पटकसम्म प्रहरी हिरासत पुगेका व्यक्ति नै डाक्टर आक्रमणमा, भाडामा प्रयोग भएको आशंका!

64x64
नारायण अधिकारी मंगलबार, असोज २३, २०८०  १३:५९
1140x725

काठमाडौं– पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ।

डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सो क्रममा पक्राउ परेका अधिकांश व्यक्तिहरु पटक–पटक विभिन्न कसुरमा पक्राउ परेर मुद्दा चलेकाहरु रहेको खुलेको हो। कतिसम्म भने १ जना व्यक्तिविरुद्ध १५ पटकसम्म मुद्दा चलेको खुलेको छ। 

असोज ८ गते उपचारको क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएको थियो। 

आक्रमण र तोडफोडमा उत्रिएकाहरुमध्ये विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ९ जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा महानगरपालिका–५ मालेपाटनका अभिनाश गुरुङ, पोखरा महानगरपालिका–५ प्रस्याङका अरुण गुरुङ, पोखरा–९ नयाँबजारका नितेश गुरुङ, पोखरा–११ फूलबारीका प्रदीप गुरुङ, पोखरा–१७ हुनमान टोलका छावा भनिने सुशील कार्की, पोखरा–५ मालेपाटनका विनय गुरुङ, मनिष थापा र विजय गुरुङ छन्। 

उनीहरुमध्ये मनिष र विजयबाहेक सबैको आपराधिक पृष्ठभूमि देखिएको छ। प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा नाम उल्लेख गरिएका ७ जनाको आपराधिक पृष्ठभूमि देखिएको हो। सुजित मुल्मी यसअघि १५ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति भएका खुलेको छ।

मुल्मी पछिल्लोपटक गत वर्षको असारमा लागु औषधसहित पक्राउ परेका थिए। मुल्मीसहित त्यतिबेला ३ जनालाई कास्की प्रहरीले डाइजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल, नुर्फिन ६५ एम्पुल गरी १९५ एम्पुल र कालो छालाको दापभित्र राखिएको धारिलो हतियारसहित पक्राउ गरेको थियो। 

यसअघि उनी सार्वजनिक अपराधको केशमा १० पटक, ज्यान मार्ने उद्योगको कसुरमा १ पटक, बैंकिङ कसुर (कर्जाको दुरुपयोग) मा १ पटक र लागु औषधमा ३ पटक गरी १५ पटक पक्राउ परेर मुद्दा समेत चलेका व्यक्ति रहेको खुलेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विभिन्न केसमा १५ पटकसम्म पक्राउ परेका व्यक्ति नै पुनः डाक्टरमाथि आक्रमण र तोडफोडमा उत्रिनुले उनीहरुलाई कसैले भाडामा प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ। त्यसमाथि उनीहरु मृतक दुराको कुनै आफन्त समेत नरहेका प्रहरी अनुसन्धानबाट खुलेको छ। आपराधिक पृष्ठभूमि र दुराको परिवारसँग कुनै सम्बन्ध नभएका व्यक्ति आक्रमणमा उत्रिनुले शंका गर्ने ठाउँ रहेको भन्दै कास्की प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ। 

पक्राउ परेका अर्का आरोपी अभिनाश गुरुङ पनि यसअघि ८ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ। उनी विभिन्न मितिमा सार्वजनिक अपराधमा ५ पटक, अपहरण तथा शरीर बन्धकमा १ पटक, ज्यान मार्ने उद्योगमा १ पटक र लागु औषधमा १ पटक गरी ८ पटक पक्राउ परेर मुद्दा चलेको व्यक्ति रहेको पाइएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए।

अभिनाश गुरुङ पनि सार्वजनिक अपराधको कसुरमा ४ पटक पक्राउ परेर मुद्दा चलेको सीआरएस सिस्टमले देखाएको छ। नितेश गुरुङ भने यसअघि १ पटक अभद्र व्यवहारको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन्।
अर्का प्रतिवादी प्रदीप गुरुङ भने सार्वजनिक अपराधको कसुरमा ४ पटक र अपहरण तथा शरीर बन्धकको कसुरमा १ पटक गरी ५ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ। 

छावा भनिने सुशील कार्की ज्यान मार्ने उद्योगमा ३ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेका खुलेको छ। पछिल्लोपटक २०७८ कात्तिक २९ गते छावालाई कास्की प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो। ज्यान मार्ने उद्योगको कसुरमा फरार रहेका छावालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो। 

मृतक दुराको ज्वाइँ नाता पर्ने विनय गुरुङ भने योभन्दा अघि सार्वजनिक अपराधको कसुरमा २ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको पाइएको प्रहरीले जनाएको छ। 

२५ जनाविरुद्ध पक्राउ पूर्जी, १६ अझै फरार
मणिपाल प्रकरणमा २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अहिलेसम्म यो प्रकरणमा ९ जना पक्राउ परेका छन्। ९ जना पक्राउ परे पनि १६ जना भने फरार भएका छन्। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

फरार रहेका १६ जनामध्ये १० जनाको पनि आपराधिक पृष्ठभूमि देखिएको छ। उनीहरु विभिन्न अपराधको कसुरमा यसअघि पनि पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ। पक्राउ पर्न बाँकी रहेका (फरार) व्यक्तिको विवरण भने प्रहरीले गोप्य राखेको छ। 

डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएपछि सीसीटीभी फुटेजमार्फत् प्रहरीले आक्रमण गर्नेको पहिचान गरेको थियो। सोही आधारमा उनीहरुविरुद्ध पक्राउ पूर्जी लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 
उनीहरुविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। उक्त ऐनविरुद्धको कसुर गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाख देखि ५ लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। 

यस्तो थियो दुरा मृत्युको घटना
दुराको ढाड दुख्ने र स्वासप्रस्वाससम्बन्धी समस्या देखिएपछि उपचारको लागि उनका आफन्तले पोखरा ल्याएका थिए।

पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उनको उपचार सुरु भयो। उपचारको क्रममा दुराको असोज ८ गते दिउँसो करिब १ बजेतिर मृत्यु भएको भन्दै डाक्टरले मृत घोषित गरे। सामान्य बिरामी दुराको उपचारको क्रममा डाक्टरको लापरबाही भएकै कारण मृत्यु भएको आरोप दुराका आफन्तले लगाए। 

मृत्युको कारण खुलाउनुपर्ने माग राख्दै आफन्तहरु आन्दोनमा उत्रिए। सो क्रममा चिकित्सक र मृतकका आफन्त पक्षबीच विवाद भयो। त्यसपछि अस्पतालमा तोडफोडदेखि डाक्टर अनिल शाहमाथि कुटपिटसम्मका घटना भए।

कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले तत्कालै पोखरा महानगरपालिका–५ घर भएका ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गर्‍यो। विनय मृतक दुराको ज्वाइँ पर्छन्। पोखराका स्थानीय गुरुङ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा समेत आबद्ध छन्।

आन्दोलन नियन्त्रणमा लिन फिल्डमा खटिएका इन्टसपेक्टर मदन श्रेष्ठले भीडको अगाडि उभिएर उत्तेजित अभिव्यक्ति दिएपछि उनी अहिले निलम्बनमा छन्। उनले डाक्टरलाई साफ कुटरे आएँ भन्दै भीडको अगाडि अभिव्यक्ति दिएपछि भीडले ताली बजाएको थियो। 

त्यसैगरी वडा प्रहरी कार्यालय बगरका डीएसपी वेदप्रकाश जोशीको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा राख्दै उनको ठाउँमा अर्का डीएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको छ। यो घटनाको छानबिन गर्न भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा छानबिन समिति समेत बनाएर छानबिन सुरु गरेको छ।

यता आन्दोलनरत चिकिस्तक र सरकारबीच ६ बुँदै सहमति भएको छ। सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा भएको छलफलमा ६ बुँदे सहमति भएपछि आन्दोलित चिकित्सकले गत आइतबारदेखि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका थिए। 

यो पनि पढ्नुहोस

मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?


 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्