• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १२, २०८२ Wed, Oct 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
मणिपाल घटना

१५ पटकसम्म प्रहरी हिरासत पुगेका व्यक्ति नै डाक्टर आक्रमणमा, भाडामा प्रयोग भएको आशंका!

64x64
नारायण अधिकारी मंगलबार, असोज २३, २०८०  १३:५९
1140x725

काठमाडौं– पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ।

डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सो क्रममा पक्राउ परेका अधिकांश व्यक्तिहरु पटक–पटक विभिन्न कसुरमा पक्राउ परेर मुद्दा चलेकाहरु रहेको खुलेको हो। कतिसम्म भने १ जना व्यक्तिविरुद्ध १५ पटकसम्म मुद्दा चलेको खुलेको छ। 

असोज ८ गते उपचारको क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएको थियो। 

आक्रमण र तोडफोडमा उत्रिएकाहरुमध्ये विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ९ जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा महानगरपालिका–५ मालेपाटनका अभिनाश गुरुङ, पोखरा महानगरपालिका–५ प्रस्याङका अरुण गुरुङ, पोखरा–९ नयाँबजारका नितेश गुरुङ, पोखरा–११ फूलबारीका प्रदीप गुरुङ, पोखरा–१७ हुनमान टोलका छावा भनिने सुशील कार्की, पोखरा–५ मालेपाटनका विनय गुरुङ, मनिष थापा र विजय गुरुङ छन्। 

उनीहरुमध्ये मनिष र विजयबाहेक सबैको आपराधिक पृष्ठभूमि देखिएको छ। प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा नाम उल्लेख गरिएका ७ जनाको आपराधिक पृष्ठभूमि देखिएको हो। सुजित मुल्मी यसअघि १५ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति भएका खुलेको छ।

मुल्मी पछिल्लोपटक गत वर्षको असारमा लागु औषधसहित पक्राउ परेका थिए। मुल्मीसहित त्यतिबेला ३ जनालाई कास्की प्रहरीले डाइजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल, नुर्फिन ६५ एम्पुल गरी १९५ एम्पुल र कालो छालाको दापभित्र राखिएको धारिलो हतियारसहित पक्राउ गरेको थियो। 

यसअघि उनी सार्वजनिक अपराधको केशमा १० पटक, ज्यान मार्ने उद्योगको कसुरमा १ पटक, बैंकिङ कसुर (कर्जाको दुरुपयोग) मा १ पटक र लागु औषधमा ३ पटक गरी १५ पटक पक्राउ परेर मुद्दा समेत चलेका व्यक्ति रहेको खुलेको छ। 

Ncell 2
Ncell 2

विभिन्न केसमा १५ पटकसम्म पक्राउ परेका व्यक्ति नै पुनः डाक्टरमाथि आक्रमण र तोडफोडमा उत्रिनुले उनीहरुलाई कसैले भाडामा प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ। त्यसमाथि उनीहरु मृतक दुराको कुनै आफन्त समेत नरहेका प्रहरी अनुसन्धानबाट खुलेको छ। आपराधिक पृष्ठभूमि र दुराको परिवारसँग कुनै सम्बन्ध नभएका व्यक्ति आक्रमणमा उत्रिनुले शंका गर्ने ठाउँ रहेको भन्दै कास्की प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ। 

पक्राउ परेका अर्का आरोपी अभिनाश गुरुङ पनि यसअघि ८ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ। उनी विभिन्न मितिमा सार्वजनिक अपराधमा ५ पटक, अपहरण तथा शरीर बन्धकमा १ पटक, ज्यान मार्ने उद्योगमा १ पटक र लागु औषधमा १ पटक गरी ८ पटक पक्राउ परेर मुद्दा चलेको व्यक्ति रहेको पाइएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए।

अभिनाश गुरुङ पनि सार्वजनिक अपराधको कसुरमा ४ पटक पक्राउ परेर मुद्दा चलेको सीआरएस सिस्टमले देखाएको छ। नितेश गुरुङ भने यसअघि १ पटक अभद्र व्यवहारको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन्।
अर्का प्रतिवादी प्रदीप गुरुङ भने सार्वजनिक अपराधको कसुरमा ४ पटक र अपहरण तथा शरीर बन्धकको कसुरमा १ पटक गरी ५ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ। 

छावा भनिने सुशील कार्की ज्यान मार्ने उद्योगमा ३ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेका खुलेको छ। पछिल्लोपटक २०७८ कात्तिक २९ गते छावालाई कास्की प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो। ज्यान मार्ने उद्योगको कसुरमा फरार रहेका छावालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो। 

मृतक दुराको ज्वाइँ नाता पर्ने विनय गुरुङ भने योभन्दा अघि सार्वजनिक अपराधको कसुरमा २ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको पाइएको प्रहरीले जनाएको छ। 

२५ जनाविरुद्ध पक्राउ पूर्जी, १६ अझै फरार
मणिपाल प्रकरणमा २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अहिलेसम्म यो प्रकरणमा ९ जना पक्राउ परेका छन्। ९ जना पक्राउ परे पनि १६ जना भने फरार भएका छन्। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

फरार रहेका १६ जनामध्ये १० जनाको पनि आपराधिक पृष्ठभूमि देखिएको छ। उनीहरु विभिन्न अपराधको कसुरमा यसअघि पनि पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ। पक्राउ पर्न बाँकी रहेका (फरार) व्यक्तिको विवरण भने प्रहरीले गोप्य राखेको छ। 

डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडमा उत्रिएपछि सीसीटीभी फुटेजमार्फत् प्रहरीले आक्रमण गर्नेको पहिचान गरेको थियो। सोही आधारमा उनीहरुविरुद्ध पक्राउ पूर्जी लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 
उनीहरुविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। उक्त ऐनविरुद्धको कसुर गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाख देखि ५ लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। 

यस्तो थियो दुरा मृत्युको घटना
दुराको ढाड दुख्ने र स्वासप्रस्वाससम्बन्धी समस्या देखिएपछि उपचारको लागि उनका आफन्तले पोखरा ल्याएका थिए।

पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उनको उपचार सुरु भयो। उपचारको क्रममा दुराको असोज ८ गते दिउँसो करिब १ बजेतिर मृत्यु भएको भन्दै डाक्टरले मृत घोषित गरे। सामान्य बिरामी दुराको उपचारको क्रममा डाक्टरको लापरबाही भएकै कारण मृत्यु भएको आरोप दुराका आफन्तले लगाए। 

मृत्युको कारण खुलाउनुपर्ने माग राख्दै आफन्तहरु आन्दोनमा उत्रिए। सो क्रममा चिकित्सक र मृतकका आफन्त पक्षबीच विवाद भयो। त्यसपछि अस्पतालमा तोडफोडदेखि डाक्टर अनिल शाहमाथि कुटपिटसम्मका घटना भए।

कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले तत्कालै पोखरा महानगरपालिका–५ घर भएका ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गर्‍यो। विनय मृतक दुराको ज्वाइँ पर्छन्। पोखराका स्थानीय गुरुङ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा समेत आबद्ध छन्।

आन्दोलन नियन्त्रणमा लिन फिल्डमा खटिएका इन्टसपेक्टर मदन श्रेष्ठले भीडको अगाडि उभिएर उत्तेजित अभिव्यक्ति दिएपछि उनी अहिले निलम्बनमा छन्। उनले डाक्टरलाई साफ कुटरे आएँ भन्दै भीडको अगाडि अभिव्यक्ति दिएपछि भीडले ताली बजाएको थियो। 

त्यसैगरी वडा प्रहरी कार्यालय बगरका डीएसपी वेदप्रकाश जोशीको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा राख्दै उनको ठाउँमा अर्का डीएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको छ। यो घटनाको छानबिन गर्न भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा छानबिन समिति समेत बनाएर छानबिन सुरु गरेको छ।

यता आन्दोलनरत चिकिस्तक र सरकारबीच ६ बुँदै सहमति भएको छ। सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा भएको छलफलमा ६ बुँदे सहमति भएपछि आन्दोलित चिकित्सकले गत आइतबारदेखि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका थिए। 

यो पनि पढ्नुहोस

मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?


 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्