• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?

64x64
नारायण अधिकारी आइतबार, असोज १४, २०८०  १८:१२
1140x725

काठमाडौं- लमजुङको सुन्दरबजार नगरपालिका-६ घर भएकी ५७ वर्षीया सुकमाया दुरा मृत्यु घटनाको छानबिन गर्न पोष्टमार्टम विज्ञ डा हरिहर वस्ती सहितको टोली पोखरा पुगेर फर्केको पाइएको छ।

चिकित्सकको लापरबाहीका कारण दुराको ज्यान गएको आफन्तले आरोप लगाएपछि उक्त घटनाको छानबिन गर्न भन्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले नै वस्तीसहितको टोली पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाएको खुलेको छ।

मेडिकल स्रोतका अनुसार वस्तीसहित ७ जना विशेषज्ञको टोली पोखरा पठाइएको छ। पोखरा पठाइएको उक्त टोली काठमाडौं समेत फर्किसकेको पाइएको छ। ‘डाक्टरहरुको लापरबाहीका लागि मृत्यु भएको भन्ने आरोप आएपछि छानबिनका लागि भनेर हामीले पोखरा पठाएका थियौं। उहाँहरु काठमाडौं समेत फर्किसक्नुभएको छ,’ एनएमसी स्रोतले नेपाल लाइभसँग भन्यो।

उपचारको क्रममा डाक्टरको लापरबाही भएको भन्ने आरोप लागेपछि उक्त आरोप सत्य छ/छैन भन्ने हिसाबले छानबिन गर्न टोली पुगेको थियो। पोस्टमार्टम विज्ञ वस्ती सहितको टोलीले शवको पोस्टमार्टम गरी यथार्थ पत्ता लगाएर डाक्टरको गल्ती देखिए कारबाही लागि सिफारिस समेत गर्न एनएमसी निर्देशन दिएको थियो।

तर, वस्ती सहितको टोली भने रित्तो हात काठमाडौं फर्केको खुलेको छ। मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नमानेपछि उनीहरुको अनुमति बेगर पोस्टमार्टम गर्न नमिल्ने भन्दै वस्ती सहितको टोली काठमाडौंमा फर्केको पाइएको छ। ‘मृतक पक्ष र अस्पतालबीच एक खालको सहमति पनि भइसकेको र मृत्युको कारण बताएपछि कन्भिन्स पनि हुनु भएर होला शव चिरफार (पोस्टमार्टम) नगर्ने बताएपछि हामी फर्केका हौं,’ टोलीमा सहभागी एक चिकित्सकले भने।

मृतक पक्ष र अपस्तालबीच ६ बुँदे सहमति भएको थियो। दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुरा गाउँ लमजुङको सुन्दरबजार नगरपालिका भित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टीकृत चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमतिमा उल्लेख थियो।

अल्पसंख्यक दुरा जातिको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, डाक्टरमाथि आक्रमण गर्ने उपर कानुनी रीत पुर्‍याई सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमति भएको थियो।

दुई पक्षबीच सहमति पनि भइसकेको र अनिवार्य पोस्टमार्टम गर्नुपर्ने केस नभएकाले मृतक पक्षको सहमति नभएका कारण पोस्टमार्टम नगरी वस्तीको टोली काठमाडौं एनएमसी स्रोतले जानकारी दियो।

Ncell 2
Ncell 2
nimb
nimb

आक्रमण गर्ने थप ७ विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिँदै
डाक्टरमाथि आक्रमण गरेको आरोपमा कास्की प्रहरीले थप सात जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेहरुमा मनिष थापा, सजित मुल्मी, अविनाश गुरुङ, प्रदीप गुरुङ लगायत ७ जना छन्।

उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवण विकले बताए। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग राख्दै आन्दोन चर्किएपछि उनीहरुलाई प्रहरीले पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पक्राउ परेकाहरुलाई आइतबार म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। यसअघि नै यो प्रकरणमा पोखराका विनय गुरुङ पक्राउ परेका थिए।

यस्तो थियो दुरा मृत्युको घटना
दुराको ढाड दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचारको लागि उनका आफन्तले पोखरा ल्याएका थिए। पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमाको उनको उपचार सुरु भयो। उपचारको क्रममा दुराको भदौ ८ गते दिउँसो करिब १ बजेतिर मृत्यु भएको भन्दै डाक्टरले मृत घोषित गरे। सामान्य बिरामी दुराको उपचारको क्रममा डाक्टरको लापरबाही भएकै कारण मृत्यु भएको आरोप आफन्तले लगाए। आफन्तहरु मृत्युको कारण खुलाउनुपर्ने माग राख्दै आन्दोनमा उत्रिए।

सो क्रममा चिकित्सक पक्ष र मृतकको पक्षबीच विवाद भयो। त्यसपछि अस्पतालमा तोडफोडदेखि डाक्टर अनिल शाहमाथि कुटपिटसम्मका घटना भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले तत्कालै पोखरा महानगरपालिका–५ घर भएका ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गर्‍यो। विनय मृतक दुराको नाताले ज्वाईं पर्छन्। पोखराका स्थानीय गुरुङ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा समेत आबद्ध छन्।

पक्राउ परेका गुरुङमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

त्यतिबेला चिकित्सक पक्षबाट होहल्ला र नाराबाजीमा संलग्न भएको आरोपमा प्रहरीले फिस्टेल अस्पतालमा कार्यरत डा दिनेशकुमार विकलाई समेत पक्राउ गरेको थियो। उनलाई भने पक्राउको भोलिपल्टै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डाक्टर मीनबहादुर गुरुङको राहेबरमा छाडिएको थियो। 

भीड नियन्त्रणमा लिन घटनास्थलमा खटिएकामध्ये ४ जना प्रहरी समेत घाइते भएका थिए। वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार काले परियारको निधारमा चोट लागेर ३ वटा टाँका लगाउनु परेको थियो। अर्का वरिष्ठ हवल्दार बालकृष्ण रानाभाटको दायाँ हातको बुढी औंलामा चोट लागेको थियो। हवल्दार कृष्णबहादुर विकको दायाँ हातमा चोट लागेको थियो भने जवान अनिता राजवंशीको टाउकामो चोट लागेको थियो।

आन्दोलन नियन्त्रणमा लिन फिल्डमा खटिएका इन्स्पेक्टर मदन श्रेष्ठले भीडको अगाडि उभिएर उत्तेजित अभिव्यक्ति दिएपछि उनी अहिले निलम्बनमा छन्। उनले डाक्टरलाई साफ कुटरे आएँ भन्दै भीडको अगाडि अभिव्यक्ति दिएपछि भीडले ताली बजाएको थियो। 

त्यसैगरी वडा प्रहरी कार्यालय बगरका डीएसपी वेदप्रकाश जोशीको जिम्मेवारी खोसेर हेडक्वाटरमा राख्दै उनको ठाउँमा अर्का डीएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको छ। यो घटनाको छानबिन गर्न भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति समेत बनाएर छानबिन सुरु गरेको छ।

यता, आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो शनिबारमात्रै ६ बुँदे सहमति भएको छ। सरकारको तर्फबाट उपप्रधानमन्‍त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहवरमा भएको छलफलमा ६ बुँदे सहमति भएपछि आइतबारदेखि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका छन्। 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्