• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?

64x64
नारायण अधिकारी आइतबार, असोज १४, २०८०  १८:१२
1140x725

काठमाडौं- लमजुङको सुन्दरबजार नगरपालिका-६ घर भएकी ५७ वर्षीया सुकमाया दुरा मृत्यु घटनाको छानबिन गर्न पोष्टमार्टम विज्ञ डा हरिहर वस्ती सहितको टोली पोखरा पुगेर फर्केको पाइएको छ।

चिकित्सकको लापरबाहीका कारण दुराको ज्यान गएको आफन्तले आरोप लगाएपछि उक्त घटनाको छानबिन गर्न भन्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले नै वस्तीसहितको टोली पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाएको खुलेको छ।

मेडिकल स्रोतका अनुसार वस्तीसहित ७ जना विशेषज्ञको टोली पोखरा पठाइएको छ। पोखरा पठाइएको उक्त टोली काठमाडौं समेत फर्किसकेको पाइएको छ। ‘डाक्टरहरुको लापरबाहीका लागि मृत्यु भएको भन्ने आरोप आएपछि छानबिनका लागि भनेर हामीले पोखरा पठाएका थियौं। उहाँहरु काठमाडौं समेत फर्किसक्नुभएको छ,’ एनएमसी स्रोतले नेपाल लाइभसँग भन्यो।

उपचारको क्रममा डाक्टरको लापरबाही भएको भन्ने आरोप लागेपछि उक्त आरोप सत्य छ/छैन भन्ने हिसाबले छानबिन गर्न टोली पुगेको थियो। पोस्टमार्टम विज्ञ वस्ती सहितको टोलीले शवको पोस्टमार्टम गरी यथार्थ पत्ता लगाएर डाक्टरको गल्ती देखिए कारबाही लागि सिफारिस समेत गर्न एनएमसी निर्देशन दिएको थियो।

तर, वस्ती सहितको टोली भने रित्तो हात काठमाडौं फर्केको खुलेको छ। मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नमानेपछि उनीहरुको अनुमति बेगर पोस्टमार्टम गर्न नमिल्ने भन्दै वस्ती सहितको टोली काठमाडौंमा फर्केको पाइएको छ। ‘मृतक पक्ष र अस्पतालबीच एक खालको सहमति पनि भइसकेको र मृत्युको कारण बताएपछि कन्भिन्स पनि हुनु भएर होला शव चिरफार (पोस्टमार्टम) नगर्ने बताएपछि हामी फर्केका हौं,’ टोलीमा सहभागी एक चिकित्सकले भने।

मृतक पक्ष र अपस्तालबीच ६ बुँदे सहमति भएको थियो। दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुरा गाउँ लमजुङको सुन्दरबजार नगरपालिका भित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टीकृत चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमतिमा उल्लेख थियो।

अल्पसंख्यक दुरा जातिको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, डाक्टरमाथि आक्रमण गर्ने उपर कानुनी रीत पुर्‍याई सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमति भएको थियो।

दुई पक्षबीच सहमति पनि भइसकेको र अनिवार्य पोस्टमार्टम गर्नुपर्ने केस नभएकाले मृतक पक्षको सहमति नभएका कारण पोस्टमार्टम नगरी वस्तीको टोली काठमाडौं एनएमसी स्रोतले जानकारी दियो।

Ncell 2
Ncell 2
nimb
nimb

आक्रमण गर्ने थप ७ विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिँदै
डाक्टरमाथि आक्रमण गरेको आरोपमा कास्की प्रहरीले थप सात जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेहरुमा मनिष थापा, सजित मुल्मी, अविनाश गुरुङ, प्रदीप गुरुङ लगायत ७ जना छन्।

उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवण विकले बताए। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग राख्दै आन्दोन चर्किएपछि उनीहरुलाई प्रहरीले पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पक्राउ परेकाहरुलाई आइतबार म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। यसअघि नै यो प्रकरणमा पोखराका विनय गुरुङ पक्राउ परेका थिए।

यस्तो थियो दुरा मृत्युको घटना
दुराको ढाड दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचारको लागि उनका आफन्तले पोखरा ल्याएका थिए। पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमाको उनको उपचार सुरु भयो। उपचारको क्रममा दुराको भदौ ८ गते दिउँसो करिब १ बजेतिर मृत्यु भएको भन्दै डाक्टरले मृत घोषित गरे। सामान्य बिरामी दुराको उपचारको क्रममा डाक्टरको लापरबाही भएकै कारण मृत्यु भएको आरोप आफन्तले लगाए। आफन्तहरु मृत्युको कारण खुलाउनुपर्ने माग राख्दै आन्दोनमा उत्रिए।

सो क्रममा चिकित्सक पक्ष र मृतकको पक्षबीच विवाद भयो। त्यसपछि अस्पतालमा तोडफोडदेखि डाक्टर अनिल शाहमाथि कुटपिटसम्मका घटना भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले तत्कालै पोखरा महानगरपालिका–५ घर भएका ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गर्‍यो। विनय मृतक दुराको नाताले ज्वाईं पर्छन्। पोखराका स्थानीय गुरुङ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा समेत आबद्ध छन्।

पक्राउ परेका गुरुङमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

त्यतिबेला चिकित्सक पक्षबाट होहल्ला र नाराबाजीमा संलग्न भएको आरोपमा प्रहरीले फिस्टेल अस्पतालमा कार्यरत डा दिनेशकुमार विकलाई समेत पक्राउ गरेको थियो। उनलाई भने पक्राउको भोलिपल्टै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डाक्टर मीनबहादुर गुरुङको राहेबरमा छाडिएको थियो। 

भीड नियन्त्रणमा लिन घटनास्थलमा खटिएकामध्ये ४ जना प्रहरी समेत घाइते भएका थिए। वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार काले परियारको निधारमा चोट लागेर ३ वटा टाँका लगाउनु परेको थियो। अर्का वरिष्ठ हवल्दार बालकृष्ण रानाभाटको दायाँ हातको बुढी औंलामा चोट लागेको थियो। हवल्दार कृष्णबहादुर विकको दायाँ हातमा चोट लागेको थियो भने जवान अनिता राजवंशीको टाउकामो चोट लागेको थियो।

आन्दोलन नियन्त्रणमा लिन फिल्डमा खटिएका इन्स्पेक्टर मदन श्रेष्ठले भीडको अगाडि उभिएर उत्तेजित अभिव्यक्ति दिएपछि उनी अहिले निलम्बनमा छन्। उनले डाक्टरलाई साफ कुटरे आएँ भन्दै भीडको अगाडि अभिव्यक्ति दिएपछि भीडले ताली बजाएको थियो। 

त्यसैगरी वडा प्रहरी कार्यालय बगरका डीएसपी वेदप्रकाश जोशीको जिम्मेवारी खोसेर हेडक्वाटरमा राख्दै उनको ठाउँमा अर्का डीएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको छ। यो घटनाको छानबिन गर्न भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति समेत बनाएर छानबिन सुरु गरेको छ।

यता, आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो शनिबारमात्रै ६ बुँदे सहमति भएको छ। सरकारको तर्फबाट उपप्रधानमन्‍त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहवरमा भएको छलफलमा ६ बुँदे सहमति भएपछि आइतबारदेखि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका छन्। 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्