• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

फिल्ममाथि धार्मिक संगठनको ‘कैँची’, मानसिक दबाब झेल्दै निर्माता

64x64
समर्पण श्री मंगलबार, भदौ १९, २०८०  २०:१४
1140x725

काठमाडौं– झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को निर्माण टिमले घोषणाको दिनदेखि नै धार्मिक संगठनहरूको दबाब झेल्न सुरु गर्यो। सुरुमा फिल्मको नाम ‘भागवत गीता’ थियो।

हिन्दू जागरण नेपाल, आध्यात्मिक विकास समाज, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति लगायतका धार्मिक संस्थाहरूले यो नामबाट फिल्म बनेमा हिन्दू धर्ममा आँच आउने भन्दै चेतावनीका साथ चलचित्र विकास बोर्डमा उजुरी दर्ता गरेका थिए। 

फिल्मका निर्माता सुनिलकुमार थापाले दबाबकै कारण नाम परिवर्तन गर्न बाध्य भए। पछि फिल्मको नाम ‘एक भगवत् गीता’ राखियो। फिल्म आगामी २९ भदौबाट रिलिज हुँदैछ।

तर धार्मिक संस्थाहरूले फिल्मलाई विरोध जनाउन छाडेनन्। केहीदिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्माता सुनिल कुमारलाई फोन गरेर बोर्डमा बोलाए। फिल्मलाई लिएर बोर्डमा उजुरी परेको भन्दै छलफलका लागि उनले निम्त्याएका थिए। ट्रेलर आएपछि धार्मिक संस्थाहरूले फिल्म अन्तरजातीय प्रेमकथामाथि बनेका कारण धर्मग्रन्थ गीताको दुष्प्रचार हुने भन्दै पुन: दबाब सुरु गरे। 

गत सोमबार विकास बोर्डमा छलफलमा पुगेका संगठनका प्रतिनिधिहरूले फिल्मको स्क्रिप्ट हेर्न माग गरे। छलफलमा बोर्डका अध्यक्ष भुवन केसी पनि उपस्थित थिए।

मध्यस्थता गरिरहेको बोर्डले आफ्नै रोहबरमा धार्मिक संस्थाका प्रतिनिधिलाई निर्माताले स्क्रिप्ट देखाउन लगायो। ‘हामीलाई उहाँहरूले धर्म संस्कृतिमाथि आँच आउला भनेर स्क्रिप्ट हेर्न माग गर्नुभएको थियो। तर फिल्मको वान लाइन चाहिँ भन्छौँ,' फिल्मका निर्माता थापाले भने।

अन्तरजातीय प्रेम कथामा फिल्म बनेकाले नाम परिवर्तन गर्न उनीहरूले दबाब दिइरहेको थापाले बताए। 

फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा मानसिक दबाब खेपिरहनुपरेको उनको गुनासो छ। 'हामी धर्ममा विश्वास राख्छौँ। धर्ममाथि चोट पर्ने काम गरेका छैनौँ। भागवत् केटा र गीता केटीको नाम भएकाले फिल्मको नाम यसरी राखिएको बतायौँ। तर उहाँहरू कन्भिन्स्ड हुनुहुन्न,' उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

संगठनका नेता भन्छन्– नाम परिवर्तन गर्नुपर्छ
हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय ‘पवित्र धर्मग्रन्थ’को नामबाट फिल्म बनाउँदा समाजमा गलत सन्देश जाने बताउँछन्।

‘पछिल्लो चरण श्रीमद् भागवत गीताको नाममा फिल्म बनाउन लागिएको थाहा पायौँ। स्क्रिप्ट अन्तरजातीय प्रेमकथामा आधारित रहेछ। नयाँ पुस्ताले यो फिल्म हेरेर भागवत् गीता जस्तो पवित्रा ग्रन्थलाई कसरी लिन्छ? सेन्सर बोर्डमा हामीले यसबारे पहिल्यै नै जानकारी गरायौँ। ट्रेलर आउँदा एक भागवत् गीता नाम राखिएको रहेछ। यो गीता जस्तो पवित्र ग्रन्थलाई छोएर बनाइएको छ। यसले ग्रन्थमा आँच आउनु भएन नि,’ उनी भन्छन्।

अध्यक्ष उपाध्याय थप्छन्,  ‘उहाँहरूले कथाको स्क्रिप्ट परिवर्तन गरिएको छ भन्नुभयो। हामी स्क्रिप्ट हेर्छौँ। हामीभन्दा माथिका गुरुलाई पनि सुनाउँछौ। यदि भगवत् गीताको मर्मलाई ख्याल गरिएको छैन भने नाम परिवर्तन गर्नुपर्छ।'

उनले यसअघि पनि धार्मिक नाम राखेर बनेका फिल्म जातिविशेष र धर्मविशेष प्रहार भइरहेको बताए। उनले अन्य फिल्मको पनि प्रसंग जोड्दै भने, ‘पण्डित बाजेको लौरीमा एउटा ब्राह्मणलाई बिग्रेको र जाँड रक्सी खाने पात्रको रुपमा देखाइयो। जुन समुदायले पाप गर्नुहुन्न भनेर शिक्षा दिन्छ। ज्ञानगुनको कुरा सिकाउँछ त्यही समुदायलाई होच्याइयो।’ 

सर्जकहरूमा मानसिक दबाब
संविधानको धारा १७ (२) (क) अनुसार प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। धार्मिक विषयसँग नाम वा ‘कन्टेन्ट’ जोडिएर आउँदा धार्मिक संगठनहरूले दिएको थ्रेट नौलो भने होइन। 

३ वर्षअघि गायिका सोफिया थापाको तीज विशेष गीत ‘नो व्रत प्लिज’ आउँदा धार्मिक संगठनहरूले दिएको दबाब थेग्न नसकेर युट्युवबाट गीत हटाउन बाध्य हुनुपरेको थियो। धार्मिक परम्पराविरुद्धको गीत भन्दै केही धार्मिक व्यक्तिहरूले फोन तथा मेसेजमार्फत् ज्यान मार्ने धम्कीसमेत दिए। उनलाई निम्न स्तरको गालीगलौज गरियो। धार्मिक संगठनका नेताहरूले निरन्तर थ्रेट थिए। सोफियाले धम्कीका कारण निकै दिनसम्म मानसिक यातना झेल्नुपरेको थियो। 

सन् २०१८मा फिल्म ‘गरुण पुराण’का निर्देशकले नामकै कारण हिन्दू जागरण नेपाल लगायत विभिन्न धार्मिक संस्थाहरूबाट ‘थ्रेट’ झेलेका थिए। उनीहरूले पोस्टर च्यात्ने लगायत विभिन्न धम्कीहरू दिएका थिए। त्यतिबेला फिल्मका निर्देशक सुवास कोइरालाले विज्ञप्तिमार्फत् धर्मलाई आँच आउने कुनै पनि विषयवस्तु नराखिएको बताएका थिए।

‘हामीले गरुड भन्ने ब्यान्डको चर्चा अर्थात (पुराण)मा आधारित यो फिल्म बनाएकाले यसको नाम गरुड पुराण राखिएको पनि जानकारी गराउँछौँ। साथै हामीले राखेको नामबाट उहाँहरुलाई आँच पुगेकोमा हामी क्षमापार्थी छौं। आउँदा दिनमा यो नाम र यस्तो विषयमा हामी गम्भिर रहने तथा अब उपरान्त चलचित्र गरुड पुराणको थप सामग्रीहरु युट्युव र अन्य सामाजिक संजालमा प्रदर्शन गर्दा चलचित्रको नाम परिवर्तन गरेर सार्वजनिक गर्ने प्रदिवद्दता ब्यक्त गर्दछौँ,’ उनले विज्ञप्तिमार्फत् भनेका थिए। 

जबकि केन्द्रीय चलचित्र जाँच समितिले नियम अनुसार फिल्म हेरेर जाँच पास गरी फिल्मलाई प्रदर्शनीको अनुमति दिइसकेको थियो।

सुवास त्यतिबेला आफूहरूलाई दिएको थ्रेट सम्झँदै कतै न कतै सम्झौता गर्नुपरेको बताउँछन्। उनी फिल्म ‘एक भगवत् गीता’ प्रदर्शन हुनुअघि नै विरोध जनाउनु ठीक नभएको बताउँछन्। ‘हामी फिल्मकर्मीहरूमा एकता छैन। यो गाह्रो विषय हो। एउटालाई पर्दा अर्को बोल्दैन। आफूलाई पर्दा मात्र बोल्छौं। त्यसकारण विभिन्न संगठनबाट सिर्जना गरेकै कारण थ्रेट आउने गर्छ,' उनी भन्छन्। 

धार्मिक संगठनबाहेक राजनीतिक लगायत विभिन्न संगठनहरूले पनि सिर्जनाहरूमा हस्तक्षेप गर्ने घटनाहरू सार्वजनिक भइरहने गर्छन्। 

फिल्म समीक्षक यज्ञश राज्यले तोकेको व्यक्तिबाहेक अन्य निकायले फिल्मलाई सेन्सर गर्न नमिल्ने बताउँछन्। ‘एक भगवत् गीता’को स्क्रिप्ट पढ्न धार्मिक संगठनले माग गरेको प्रसंगमा उनी भन्छन्, ‘फिल्म सेन्सर गर्नकै लागि सेन्सर बोर्ड बनाएको हो। त्यसबाहेक अन्य संस्थाले हस्तक्षेप गर्न मिल्दैन।’

‘राज्यबाहेक कुनै निकायलाई सेन्सरको अधिकार छैन’
फिल्म निर्देशक मनोज पण्डित चलचित्रकर्मीलाई धार्मिक नाम राखेर फिल्म बनाउने अधिकार भएको बताउँछन्।

‘धर्मले सधैं हामीलाई सहिष्णु र अरुको विचारलाई सम्मान गर्न सिकाउँछ। भागवत् गीता धार्मिक संगठनहरूको मात्रै स्वामित्व हैन। त्यसकारण नाम राखेर बनाउन पाइन्छ। हामीले बनाउने सिर्जनाले कसैलाई विभेद गर्छ भने ती सामाजिक रुपमा बहिष्कार हुन्छन्। त्यसलाई दर्शकले बहिष्कार गर्ने हो,’ उनी भन्छन्। 

उनी राज्यबाहेक कुनै पनि निकायलाई चलचित्रमा सेन्सर वा हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्छन्। ‘तर राज्य कमजोर र अस्पष्ट भएको हुँदा अरु निकायहरू आफू शक्तिशाली देखाउन शक्तिको प्रयोग गरिरहेका छन्,’ उनी भन्छन्। 

आफ्नै फिल्महरू पनि पटक पटक विभिन्न संगठनहरूको सिकार भएको सम्झँदै उनले भने, ‘एउटालाई हस्तक्षेप हुँदा फिल्मकर्मीहरू एक छैनन्। यसले भोलिको दिनमा सिनेमा बनाउनुअगाडि विभिन्न झुण्डहरूसँग चलचित्रकर्मीले स्वीकृति लिनुपर्ने हुन्छ। यही प्रणाली अगाडि बढ्दै गयो भने चलचित्रकर्मीले भोलिको दिन थुप्रै समूहसँग अनुमति लिनुपर्ने हुन्छ। सर्जक भन्दा पपेट हुने परिस्थितिको निर्माण हुन्छ।’

उनी थप्छन्, ‘यसको प्रहारबाट समाजका सबै निकाय दण्डित हुनुपर्ने अवस्था हुन्छ। बिजेपिजमको प्रभुत्वबाट नेपाली सिनेमा र नेपाललाई जोगाउनु छ।’ 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव सोमबार, असोज ५, २०८३
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार, असोज ५, २०८३
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्