काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इनम सापकोटाको नाममा सार्वजनिक भएको भनिएको अडियो र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे प्रतिक्रिया दिएका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति प्रश्न उठाए ।
‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले भने ।
उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादका क्रममा तत्कालीन निर्वाचन आयोगका प्रमुख आयुक्तले आफ्नो ज्यानको खतरा रहेको भन्दै निर्णय गरेको भन्ने समाचार आफूले सञ्चारमाध्यमबाट थाहा पाएको पनि बताए ।
देउवाले आफू अझै पार्टी सभापति रहेको दाबी गर्दै आफ्नो अनुपस्थितिमा भएको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाए । यही विषयमा आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको उनको भनाइ थियो ।
‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।