काठमाडौं– भिजन क्लबस इन्टरनेसनलद्वारा शनिबार राजधानीमा आयोजित पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा तीन जना सामाजिक अभियन्तालाई सम्मान गरिएको छ।
सामाजिक अभियन्ताहरू भोजराज थापा, सविता उप्रेती र राजकृष्ण श्रेष्ठलाई समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र भिजन क्लबस इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष मंगलदाश श्रेष्ठले उनीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै दोसल्ला लगाएर सम्मान गरेका थिए ।
भिजन क्लबस इन्टरनेसनल अमेरिकामा रहेर कोरोना महामारीका बेला मानवीय सेवा गरेका नेपालीहरूको सेवालाई संगठित रूपमा अगाडि बढाउने उद्देश्यले सन् २०२१ मा अमेरिकामा स्थापना गरिएको संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।