काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हराएका छन्। नेपाल टेलिकमले एक सूचना जारी गर्दै रिचार्ज कार्ड हराएको जानकारी दिएको छ।
टेलिकमले जारी गरेको सूचनाअनुसार ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड हराएका हुन्। हराएका कूल कार्ड करिब १० लाख रुपैयाँ बराबरका रहेका जनाइएको छ।
नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले जारी गरेको सूचनामा ढुवानीका क्रममा सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका हराएको जनाइएको छ।
नेपाल टेलिकमले उक्त सिरियल नम्बरका कार्डहरु भेटिएमा प्रयोग नगर्न समेत अनुरोध गरेको छ। रिचार्ज कार्ड फेला परेमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन कम्पनीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।