• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १२, २०८३  १०:२४
1140x725

काठमाडौं - गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ ।

गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गरेको छ । कम्पनीले यसलाई सुरुमा साइबर सुरक्षा क्षेत्रमा काम गर्ने सीमित विज्ञ तथा संस्थालाई उपलब्ध गराउने जनाएको छ । त्यसपछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत विश्वसनीय साझेदारलाई पहुँच दिइनेछ ।

गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ मोडल सार्वजनिक भएको जानकारी दिएका छन् । उनले गुगलले आफ्ना एआई मोडल नियमित रूपमा सार्वजनिक गर्ने योजनाअनुसार जेमिनाइ ४ कार्बन ल्याइएको बताएका छन् ।

जेमिनाइ ४ आर्गन सार्वजनिक भएको दुई सातापछि आएको कार्बनलाई लामो समयसम्म चल्ने जटिल इन्जिनियरिङ कार्य सम्पन्न गर्न सक्षम बनाइएको गुगल डीपमाइन्डले जनाएको छ । यसले ठूला सफ्टवेयर कोड संरचना र तल्लो तहका कम्प्युटर प्रणालीमा रहेका त्रुटिको मूल कारण पत्ता लगाउने तथा तिनको समाधान गर्ने काम गर्न सक्छ ।

सुरक्षा कमजोरी पत्ता लगाउन ८८.२ प्रतिशत सफलता

Ncell 2
Ncell 2
nimb
nimb

गुगलका अनुसार सफ्टवेयर सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा कार्बनले ८८.२ प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै, सुरक्षा कमजोरीको दुरुपयोग सम्भव छ वा छैन भनेर परीक्षण गर्ने एक्सप्लोइटजिममा ५४.८ प्रतिशत र कमजोरी समाधान गर्ने क्षमता मापन गर्ने सीडब्ल्यूई–बेन्चमा ७१ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ ।

आन्तरिक परीक्षणमा सुरक्षित कोड निर्माण गर्ने क्षमतामा कार्बनले आर्गनको तुलनामा दोब्बरभन्दा बढी सफलता हासिल गरेको गुगलको दाबी छ । गुगलको क्रोम टोलीका अनुसार उच्च गुणस्तरका सफ्टवेयर सुधारसम्बन्धी कोड तयार गर्ने परीक्षणमा कार्बनले अर्को एआई प्रयोगशालाको अग्रणी मोडलको तुलनामा १० गुणाभन्दा बढी राम्रो प्रदर्शन गरेको छ ।

एआई मोडलहरू थप क्षमतावान् हुँदै जाँदा तिनको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न पनि ध्यान दिइएको कम्पनीले जनाएको छ । आन्तरिक परीक्षणमा आर्गनको तुलनामा प्रमाणविहीन दाबी करिब आधाले घटेको र कोडिङ वातावरणमा गम्भीर प्रकृतिका सुरक्षा तथा व्यवहारगत जोखिमसम्बन्धी चेतावनी झन्डै ८० प्रतिशतले घटेको गुगलको भनाइ छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

टर्मिनल–बेन्च ४.० परीक्षणमा अनुचित तरिकाले सफलता हासिल गर्ने दर शून्यमा झरेको र त्यस्तो प्रयासको दर ०.४ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । त्यस्तै, ग्रे स्वानको अप्रत्यक्ष प्रम्प्ट इन्जेक्सन परीक्षणमा मूल्यांकन गरिएका परीक्षणहरूमा आक्रमण सफल हुने दर शून्य प्रतिशत रहेको गुगलको दाबी छ ।

डेभलपरदेखि सर्वसाधारणसम्म विस्तार गर्ने योजना

गुगलले नयाँ मोडललाई सुरुमा सीमित साइबर सुरक्षा विज्ञ तथा विश्वसनीय साझेदारलाई उपलब्ध गराएर प्रतिक्रिया संकलन गर्ने र सुरक्षा व्यवस्था थप मजबुत बनाउने योजना बनाएको छ । त्यसपछि डेभलपर, व्यावसायिक संस्था र सर्वसाधारणका लागि पहुँच विस्तार गरिने कम्पनीले जनाएको छ ।

मोडलको प्रारम्भिक मूल्य जेमिनाइ ४ आर्गनकै बराबर राखिएको छ । प्रति १० लाख इनपुट टोकनको मूल्य २ अमेरिकी डलर र प्रति १० लाख आउटपुट टोकनको मूल्य १० अमेरिकी डलर तोकिएको छ । क्यास गरिएका इनपुट टोकनमा भने ९५ प्रतिशत छुट दिइनेछ । नयाँ मोडलको क्षमता र सुरक्षासम्बन्धी परीक्षण जारी राख्दै चरणबद्ध रूपमा पहुँच विस्तार गरिने गुगलले जनाएको छ । स्रोतः नेपाल न्यूज बैंक

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ?
सम्बन्धित सामग्री
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ नयाँ मोडलको क्षमता र सुरक्षासम्बन्धी परीक्षण जारी राख्दै चरणबद्ध रूपमा पहुँच विस्तार गरिने गुगलले जनाएको छ । बिहीबार, कात्तिक १२, २०८३
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्