• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब सुलक्षण भारतीले लेखिरहेको स्क्रिप्ट थाहै नदिई अर्कैलाई लेखाइयो

64x64
समर्पण श्री मंगलबार, साउन २३, २०८०  १५:३०
1140x725

काठमाडौं– अभिनेत्री रेखा थापाको आगामी फिल्म ‘उपहार’को निर्माता/निर्देशकलाई ‘रचनात्मक दुर्व्यवहार’को आरोप लागेको छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको उक्त फिल्मको कन्सेप्ट रंगकर्मी सुलक्षण भारतीको हो। भारतीले आफ्नो कन्सेप्टमाथि खेलवाड गरेर अर्कैलाई स्क्रिप्ट लेख्न लगाइएको भन्दै आपत्ति जनाएका छन्।

भारतीले सोमबार फेसबुकमा एक स्टाटस लेखे, ‘रेखाजी र देउजा जी दुवैप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु। मेरो वान लाइन वा कथामाथि मेरो अनुमती र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कति सम्म न्यायोचित होला?।’

फिल्मको घोषणा गर्दा पटकथाकारमा अभिमन्यू निरवीको नाम थियो।

भारतीको स्टाटसमा निर्देशक देउजाले कमेन्ट गर्दै उनकै दोष देखाएका थिए। ‘पैसो लिएर कन्सेप्ट पनि डेभलप नगरी हिँड्ने तिमी हैन र भाइ? तिम्रो कारणले वैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र। आजसम्म प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र। तिमीले पैसो लगेर चैतमा स्कृप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ।’

सुलक्षणले देउजाको कमेन्टको जवाफ फर्काउँदै आफू सम्पर्क बाहिर नभई निरत्तर सम्पर्कमा भएको लेखेका छन्। उनले आफूसँग सबै प्रमाण सुरक्षित भएको भन्दै आफ्नो कन्सेप्ट फिर्ता लिन आग्रह गरेका थिए।

यसरी सिर्जना भयो विवाद
६ महिनाअघि रेखा थापाले सुलक्षणलाई महिला मुद्दामाथि पटकथा लेख्न आग्रह गरेकी थिइन्। सुलक्षणले सुरुमा 'वन लाइन' लेखेर पठाए।

रेखा र ज्ञानेन्द्रलाई कन्सेप्ट मन पर्‍यो। सुलक्षणले स्क्रिप्टका लागि अग्रिम ७५ हजार रुपैयाँ पनि लिएका थिए। त्यसपछि सुलक्षणले स्क्रिप्टको पहिलो ड्राफ्ट लेखेर पठाए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसमा ज्ञानेन्द्र रेखाको टिम बसेर छलफल गर्यो। दोस्रो ड्राफ्टमा काम गर्नुअघि सुलक्षण बाइक दुर्घटनामा परे र ‘हस्पिटलाइज्ड’ भए।

सुलक्षणले खुट्टाको अप्रेसन गर्नुअघि नै आफूले दोस्रो ड्राफ्ट लेखेर पठाएको बताए। ‘म हस्पिटलाइज्ड भएको दौरान उहाँहरूले मेरो कथामा अभिमन्यू निरवीलाई स्क्रिप्ट लेख्न लगाउनुभएछ। जबकि म आफैंले त्यस्तो अवस्थामा पनि स्क्रिप्टको दोस्रो ड्राफ्ट लेखेर पठाएको थिएँ,’ सुलक्षण गुनासो गर्छन्। आफ्नो कथामा आफैंले लेखिरहेको स्क्रिप्टलाई लत्याएर सोही कन्सेप्टमा अर्को व्यक्तिलाई स्क्रिप्ट लेख्न लगाएपछि आफ्नो बौद्धिक सम्पत्तिको चोरी भएको आरोप सुलक्षणको छ।

आफूले लेखेको स्क्रिप्टमा निर्माता र निर्देशकले जबजर्स्ती सिन समावेश गर्न खोजेको आरोप सुलक्षणले लगाए। ‘उहाँहरू स्क्रिप्टमा जबर्जस्ती फाइट, गीत र रेप सिन समावेश गर्न खोज्नुहुन्थ्यो। त्यो कथाले मागेकै हुन्थेन। मेरो कथालाई म बिगार्न चाहन्न थिएँ,’ उनी भन्छन्।

ज्ञानेन्द्र भन्छन्– श्रीमतीलाई खेलाउन दबाब दिए
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा भने सुलक्षणले जबर्जस्ती बार्गेनिङ गरेर विवाद सिर्जना गर्न खोजेको आरोप लगाउँछन्। ‘विकास बोर्डमा उहाँकै नाममा कथा दर्ता छ। उहाँ कहिले आफ्नो श्रीमतीलाई खेलाऊ भन्नुहुन्छ। कहिले पूरा पारिश्रमिक चाहियो भन्नुहुन्छ,’ देउजा भन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्म घोषणामा रेखा थापा, आँचल शर्मा र पूजा शर्माको नाम सार्वजनिक गरिएको थियो। तर सुलक्षणले स्क्रिप्ट लेख्ने क्रममा एक जना कलाकार आफ्नो तर्फबाट राख्न आग्रह गरेका थिए। उनी सुलक्षणकै श्रीमती सिर्जना अधिकारी थिइन्। सिर्जना रंगमञ्चमा रुचाइएकी कलाकार हुन्। ‘मैले स्क्रिप्ट लेख्नुअघि नै उहाँहरूलाई तीन जना तपाईंहरूको तर्फबाट फाइनल गर्नु, एक जना मेरो तर्फबाट फाइनल गर्छु भनेको थिएँ। सिर्जना जी राम्रो कलाकार हुनुहुन्छ। मैले स्क्रिप्ट लेख्दा पनि उहाँकै क्यारेक्टर सोचेर लेखेको थिएँ,’ सुलक्षण भन्छन्, ‘तर उहाँहरूलाई सिर्जना जीको भूमिका बलियो हुन्छ जस्तो लाग्यो। चित्त बुझेन,’ सुलक्षण भन्छन्।

निर्देशक देउजा कन्सेप्ट सुलक्षणको नभई निर्देशक र प्रोड्युसरकै भएको बताउँछन्।  ‘कन्सेप्ट निर्देशकले सोच्छ। छलफल हुन्छ। पन्चलाइन हुन्छ। त्यही अनुसार स्क्रिप्ट लेखकले लेख्छ। उहाँको मेहेनतको क्रेडिट त हामीले दिएकै छौँ नि। पटकथा उहाँको नरहेपछि कसरी उहाँको नाममा दिने,’ज्ञानेन्द्र भन्छन्।

सुलक्षण भन्छन्– मेरो ‘कन्सेप्ट’ फिर्ता नगरे अनसन बस्छु
सुलक्षणले आफ्नो कन्सेप्ट फिर्ता नगरे सत्याग्रह गर्ने बताउँछन्। उनी कन्सेप्ट आफ्नो रहेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि बताउँछन्। ‘मलाई ७ वर्षअगाडि फुरेको कन्सेप्ट थियो यो। रेखाजीले महिलाको मुद्दामा कथा लेख्नु भनेपछि त्यही कन्सेप्टलाई मैले  विकास गरेँ। मेरो फिल्मको नाम फल्स सेलिङ थियो। फिल्मको नामै परिवर्तन गरेर उपहार राखेका रहेछन्। जीवनमा कन्सेप्ट बल्ल बल्ल आउँछ। आफूले त्यसलाई जोगाएर राखेको हुन्छ। मान्छेले सधैं नयाँ सोचेर बस्न सक्दैन। बल्ल बल्ल सोचेको कन्सेप्ट अरुले कब्जा गर्दा मलाई मानसिक तनाब हुन थालिसक्यो,’ उनी भन्छन्, ‘मैले मेरो कथा फिर्ता देऊ पैसा फिर्ता गर्छु भनिरहेको छु। नत्र म सत्याग्रह गर्छु।’

सर्वोच्च अदालत बार एसोसियसनका पूर्व सचिव तथा अधिवक्ता ऋषिराम घिमिरे एउटा व्यक्तिको कन्सेप्टलाई अर्कोले अनुमति विनै स्क्रिप्ट लेख्नु बौद्धिक सम्पत्ति चोरीभित्र पर्ने बताउँछन्। ‘एउटाले उत्पादन गरेको कन्सेप्टलाई अनुमति विना प्रयोग गर्न मिल्दैन। यस्तो भएमा बौद्धिक सम्पत्ति ऐन अन्तर्गतका कानुनी प्रावधान छन्। कानुनी उपचारमा जान सकिन्छ,’ उनी भन्छन्।

यस विवादबारे चलचित्रकर्मीहरू भने मौन छन्। तर अभिनेता दिव्य देवले भने सुलक्षणको पोस्ट सेयर गर्दै लेखेका छन्, ‘अनुचित काम नहोस्। छिट्टै हल होस्।’ 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्