• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १, २०८३ Fri, Jul 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब सुलक्षण भारतीले लेखिरहेको स्क्रिप्ट थाहै नदिई अर्कैलाई लेखाइयो

64x64
समर्पण श्री मंगलबार, साउन २३, २०८०  १५:३०
1140x725

काठमाडौं– अभिनेत्री रेखा थापाको आगामी फिल्म ‘उपहार’को निर्माता/निर्देशकलाई ‘रचनात्मक दुर्व्यवहार’को आरोप लागेको छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको उक्त फिल्मको कन्सेप्ट रंगकर्मी सुलक्षण भारतीको हो। भारतीले आफ्नो कन्सेप्टमाथि खेलवाड गरेर अर्कैलाई स्क्रिप्ट लेख्न लगाइएको भन्दै आपत्ति जनाएका छन्।

भारतीले सोमबार फेसबुकमा एक स्टाटस लेखे, ‘रेखाजी र देउजा जी दुवैप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु। मेरो वान लाइन वा कथामाथि मेरो अनुमती र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कति सम्म न्यायोचित होला?।’

फिल्मको घोषणा गर्दा पटकथाकारमा अभिमन्यू निरवीको नाम थियो।

भारतीको स्टाटसमा निर्देशक देउजाले कमेन्ट गर्दै उनकै दोष देखाएका थिए। ‘पैसो लिएर कन्सेप्ट पनि डेभलप नगरी हिँड्ने तिमी हैन र भाइ? तिम्रो कारणले वैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र। आजसम्म प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र। तिमीले पैसो लगेर चैतमा स्कृप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ।’

सुलक्षणले देउजाको कमेन्टको जवाफ फर्काउँदै आफू सम्पर्क बाहिर नभई निरत्तर सम्पर्कमा भएको लेखेका छन्। उनले आफूसँग सबै प्रमाण सुरक्षित भएको भन्दै आफ्नो कन्सेप्ट फिर्ता लिन आग्रह गरेका थिए।

यसरी सिर्जना भयो विवाद
६ महिनाअघि रेखा थापाले सुलक्षणलाई महिला मुद्दामाथि पटकथा लेख्न आग्रह गरेकी थिइन्। सुलक्षणले सुरुमा 'वन लाइन' लेखेर पठाए।

रेखा र ज्ञानेन्द्रलाई कन्सेप्ट मन पर्‍यो। सुलक्षणले स्क्रिप्टका लागि अग्रिम ७५ हजार रुपैयाँ पनि लिएका थिए। त्यसपछि सुलक्षणले स्क्रिप्टको पहिलो ड्राफ्ट लेखेर पठाए।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसमा ज्ञानेन्द्र रेखाको टिम बसेर छलफल गर्यो। दोस्रो ड्राफ्टमा काम गर्नुअघि सुलक्षण बाइक दुर्घटनामा परे र ‘हस्पिटलाइज्ड’ भए।

सुलक्षणले खुट्टाको अप्रेसन गर्नुअघि नै आफूले दोस्रो ड्राफ्ट लेखेर पठाएको बताए। ‘म हस्पिटलाइज्ड भएको दौरान उहाँहरूले मेरो कथामा अभिमन्यू निरवीलाई स्क्रिप्ट लेख्न लगाउनुभएछ। जबकि म आफैंले त्यस्तो अवस्थामा पनि स्क्रिप्टको दोस्रो ड्राफ्ट लेखेर पठाएको थिएँ,’ सुलक्षण गुनासो गर्छन्। आफ्नो कथामा आफैंले लेखिरहेको स्क्रिप्टलाई लत्याएर सोही कन्सेप्टमा अर्को व्यक्तिलाई स्क्रिप्ट लेख्न लगाएपछि आफ्नो बौद्धिक सम्पत्तिको चोरी भएको आरोप सुलक्षणको छ।

आफूले लेखेको स्क्रिप्टमा निर्माता र निर्देशकले जबजर्स्ती सिन समावेश गर्न खोजेको आरोप सुलक्षणले लगाए। ‘उहाँहरू स्क्रिप्टमा जबर्जस्ती फाइट, गीत र रेप सिन समावेश गर्न खोज्नुहुन्थ्यो। त्यो कथाले मागेकै हुन्थेन। मेरो कथालाई म बिगार्न चाहन्न थिएँ,’ उनी भन्छन्।

ज्ञानेन्द्र भन्छन्– श्रीमतीलाई खेलाउन दबाब दिए
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा भने सुलक्षणले जबर्जस्ती बार्गेनिङ गरेर विवाद सिर्जना गर्न खोजेको आरोप लगाउँछन्। ‘विकास बोर्डमा उहाँकै नाममा कथा दर्ता छ। उहाँ कहिले आफ्नो श्रीमतीलाई खेलाऊ भन्नुहुन्छ। कहिले पूरा पारिश्रमिक चाहियो भन्नुहुन्छ,’ देउजा भन्छन्। 

फिल्म घोषणामा रेखा थापा, आँचल शर्मा र पूजा शर्माको नाम सार्वजनिक गरिएको थियो। तर सुलक्षणले स्क्रिप्ट लेख्ने क्रममा एक जना कलाकार आफ्नो तर्फबाट राख्न आग्रह गरेका थिए। उनी सुलक्षणकै श्रीमती सिर्जना अधिकारी थिइन्। सिर्जना रंगमञ्चमा रुचाइएकी कलाकार हुन्। ‘मैले स्क्रिप्ट लेख्नुअघि नै उहाँहरूलाई तीन जना तपाईंहरूको तर्फबाट फाइनल गर्नु, एक जना मेरो तर्फबाट फाइनल गर्छु भनेको थिएँ। सिर्जना जी राम्रो कलाकार हुनुहुन्छ। मैले स्क्रिप्ट लेख्दा पनि उहाँकै क्यारेक्टर सोचेर लेखेको थिएँ,’ सुलक्षण भन्छन्, ‘तर उहाँहरूलाई सिर्जना जीको भूमिका बलियो हुन्छ जस्तो लाग्यो। चित्त बुझेन,’ सुलक्षण भन्छन्।

निर्देशक देउजा कन्सेप्ट सुलक्षणको नभई निर्देशक र प्रोड्युसरकै भएको बताउँछन्।  ‘कन्सेप्ट निर्देशकले सोच्छ। छलफल हुन्छ। पन्चलाइन हुन्छ। त्यही अनुसार स्क्रिप्ट लेखकले लेख्छ। उहाँको मेहेनतको क्रेडिट त हामीले दिएकै छौँ नि। पटकथा उहाँको नरहेपछि कसरी उहाँको नाममा दिने,’ज्ञानेन्द्र भन्छन्।

सुलक्षण भन्छन्– मेरो ‘कन्सेप्ट’ फिर्ता नगरे अनसन बस्छु
सुलक्षणले आफ्नो कन्सेप्ट फिर्ता नगरे सत्याग्रह गर्ने बताउँछन्। उनी कन्सेप्ट आफ्नो रहेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि बताउँछन्। ‘मलाई ७ वर्षअगाडि फुरेको कन्सेप्ट थियो यो। रेखाजीले महिलाको मुद्दामा कथा लेख्नु भनेपछि त्यही कन्सेप्टलाई मैले  विकास गरेँ। मेरो फिल्मको नाम फल्स सेलिङ थियो। फिल्मको नामै परिवर्तन गरेर उपहार राखेका रहेछन्। जीवनमा कन्सेप्ट बल्ल बल्ल आउँछ। आफूले त्यसलाई जोगाएर राखेको हुन्छ। मान्छेले सधैं नयाँ सोचेर बस्न सक्दैन। बल्ल बल्ल सोचेको कन्सेप्ट अरुले कब्जा गर्दा मलाई मानसिक तनाब हुन थालिसक्यो,’ उनी भन्छन्, ‘मैले मेरो कथा फिर्ता देऊ पैसा फिर्ता गर्छु भनिरहेको छु। नत्र म सत्याग्रह गर्छु।’

सर्वोच्च अदालत बार एसोसियसनका पूर्व सचिव तथा अधिवक्ता ऋषिराम घिमिरे एउटा व्यक्तिको कन्सेप्टलाई अर्कोले अनुमति विनै स्क्रिप्ट लेख्नु बौद्धिक सम्पत्ति चोरीभित्र पर्ने बताउँछन्। ‘एउटाले उत्पादन गरेको कन्सेप्टलाई अनुमति विना प्रयोग गर्न मिल्दैन। यस्तो भएमा बौद्धिक सम्पत्ति ऐन अन्तर्गतका कानुनी प्रावधान छन्। कानुनी उपचारमा जान सकिन्छ,’ उनी भन्छन्।

यस विवादबारे चलचित्रकर्मीहरू भने मौन छन्। तर अभिनेता दिव्य देवले भने सुलक्षणको पोस्ट सेयर गर्दै लेखेका छन्, ‘अनुचित काम नहोस्। छिट्टै हल होस्।’ 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने शुक्रबार, साउन १, २०८३
दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग शुक्रबार, साउन १, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, साउन १, २०८३
आज जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह शुक्रबार, साउन १, २०८३
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्