• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सेटिङमा लगनखेल प्रहरी चौकी हटाउने खेल: ललितपुर महानगरविरुद्ध प्रदर्शनमा उत्रिए स्थानीय

64x64
नेपाल लाइभ सोमबार, असार १८, २०८०  १४:१६
1140x725

काठमाडौं– व्यापारीलाई फाइदा हुने गरी सेटिङमा ललितपुरको लगनखेलस्थि प्रहरी चौकी (प्रहरी प्रभाग लगनखेल) हटाउने निर्णयविरुद्ध स्थानीय आन्दोलित भएका छन्।  

व्यापारिक कम्प्लेक्स निर्माण गरी व्यापारीलाई फाइदा पुर्‍याउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले वडा कार्यालय र  प्रहरी चौकी हटाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका थिए। उनीहरुले उक्त निर्णय खारेजीको माग गर्दै महानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। 

आफूहरुको मागप्रति महानगर र अख्तियार दुवैले चासो नदिएको भन्दै स्थानीय विरोध प्रदर्शनमा नै उत्रिएका हुन्। 

लगनखेलका विभिन्न २१ वटा संघसंस्था तथा टोल सुधार समितिहरु अहिले दिनहुँजसो चौकी नहटाउन भन्दै आन्दोलनमा उत्रिएका छन्।

‘सार्वजनिक जग्गा मास्न पाईदैन’, ‘व्यापारिक कम्प्लेक्स हामीलाई चाहिँदैन’, ‘जनताको भावनाको कदर गर,’  ‘भू–माफीयालाई दिएको ठेक्का रद्द गर’ जस्ता नारासहित स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। 

प्रहरी कार्यालय हटाउने र त्यहाँ व्यापारिक कम्प्लेक्स बनाउने महानगरको निर्णयविरुद्ध उनीहरु रुष्ट छन् । यसलाई उनीहरुले जनताको इच्छाविपरीत महानगर प्रमुख व्यापारिक कम्प्लेक्स निर्माणका लागि निर्णय गरेको स्थानीयको भनाइ छ। 

लगनखेलमा रहेको वडा कार्यालय र प्रहरी प्रभागलाई हटाएर एक व्यवसायीको भित्री जग्गालाई बाटो मिलान गर्ने गरी सेटिङमा ललितपुर महानगरपालिकाले व्यापारिक मल (कम्प्लेक्स) बनाउन लागेपछि स्थानीय आक्रोशित भएका हुन्।

Police_office_lagankhel_birodh1688373023.jpg

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क नजिकै रहेको प्रहरी चौकी र वडा कार्यालय पछाडि रहेको व्यवसायी केबी महर्जनको जग्गालाई बाटो मिलान गर्ने उद्देश्यसहित मच्छेन्द्र कम्प्लेक्स बनाउन लागिएको छ।

प्रहरी भवन र वडा भवन पछाडि व्यवसायी महर्जनको करिब २२ आना जग्गा छ। उक्त जग्गामा पुग्ने बाटो चार फुटको मात्रै रहेको छ। चार फुटको बाटो चौडा बनाउने उद्देश्यले सेटिङमा मच्छेन्द्र कम्प्लेक्स बनाउन लागिएको भन्दै अहिले स्थानीय सडक आन्दोलनमा उत्रिएका हुन्।

२०२२ को नापीअनुसार कित्ता नम्बर ५३ मा २४ रोपनी बराबर क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा छ। जसध्ये करिब २२ आना जग्गा प्रहरी चौकी र वडा कार्यालय परिसरभित्र पर्छ। यही २२ आना जग्गामा ललितपुर महानगरपालिकाले व्यावसायिक कम्प्लेक्स बनाउने भन्दै ठेक्कासमेत लगाइसकेको छ।

व्यापारिक कम्प्लेक्स बनाउने ठेक्काको जिम्मा समेत उनै व्यवसायी केबी महर्जनले पाएका छन्। वडा कार्यालयसँग साँध जोडिएको आफ्नो जग्गामा बाटो साघुँरो भएकाले चौडा पार्ने उद्देश्यमा लागेका महर्जनले सेटिङमै ठेक्का समेत हात पारेको स्थानीयको आरोप छ।

Xtrem

Xtrem

व्यवसायी महर्जनको एमबी केबी जेभीसँग ललितपुर महानगरपालिकाले गत वर्षको असार १२ गते नै कम्प्लेक्स निमार्णको सम्झौता गरिसकेको छ। सेटिङमा ठेक्का समेत आफैंले पारेपछि महर्जनले आफ्नो जग्गामा पुग्ने बाटो चौडा हुने गरी भवनको डिजाइन गरेको खुलेको छ।

सेटिङमा ठेक्का हात पारेर प्रहरी चौकी नै त्यहाँबाट अन्यत्र सार्न लागिएको छ। ठेक्का सम्झौता भएदेखि नै प्रहरी चौकी अन्यत्र सार्ने योजना भए पनि पटकपटकको प्रयास असफल हुँदै आएको थियो। प्रहरी चौकी हटाएर कम्प्लेक्स बनाउन लागिएको विषय सार्वजनिक भएपछि प्रहरी चौकी नहटाउन भन्दै स्थानीय बासिन्दा तथा स्थानीय संघ–संस्थाहरुले विरोध सुरु गरेका थिए। 

३५ करोडको ठेक्का पाएपछि व्यवसायी महर्जनले त्यहाँबाट चौकी हटाउने अनेक प्रयास गरेका देखिएको छ। गत वैशाख १९ गते मात्रै प्रहरी प्रमुख, आईजी बसन्तबहादुर कुँवरले चौकी हटाउन सहमति दिँदै हस्ताक्षर गरेपछि यो विषय अहिले अख्तियारसम्म  पुगिसकेको छ। 

चौकी हटाउनेबारे सम्झौता हुनु १ हप्ता अघि मात्रै महानगरपालिकाले लगनखेलमा नागरिक सुनुवाइ कार्यक्रम गरेको थियो। त्यतिबेला पनि स्थानीयहरुले प्रहरी चौकी किन हटाउन खोजिएको र यसबारे महानगरपालिकाको प्रष्ट जवाफ चाहियो भन्दै प्रश्न गरेका थिए। त्यतिबेला महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालले स्थानीयको सहमति विपरीत चौकी नसारिने र कुनै काम अघि नबढाइने बताएका थिए।

तर त्यसको एक साता बित्न नपाउँदै महानगरपालिकाले प्रहरी प्रमुख आईजी कुँवरलाई बोलाएर चौकी सार्नेबारेको सम्झौतामा हस्ताक्षर गर्न लगाएको थियो। त्यसपछि स्थानीयले सीडीओ कार्यालय र महानगरपालिका र प्रहरीमा समेत यो निर्णय खारेज गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए।

नागरिक सुनुवाइ कार्यक्रममा जनताको इच्छा विपरित काम अघि नबढ्ने बताएका अर्याल यसअघि अख्तियारले मुद्दा चलाएका अधिकृत हुन्। अख्तियारले मुद्दा चलाएपछि लामो समय निलम्बन रहेका थिए। पछि फैसला आएपछि उनी पुनर्वहाली भएका हुन्। यही बीचमा अर्याललाई ललितपुर महानगरबाट अन्यत्र सुरुवा गरिएको थियो। तर चौकी हटाउने काममा सम्पूर्ण ‘सेटिङ’ मिलाए वापत नै उनलाई पुनः यही थमौती गरिएको स्थानीयको आरोप छ।

कम्प्लेक्स बनाउन चौकी हटाउने र उक्त चौकी पनि उनै ठेकेदार केबी मजर्हनको घरमा राख्नका लागि सम्पूर्ण तयारी गरिसकिएको छ। साँघुरो गल्लीभित्र ३ आना जग्गामा बनेको एकनाले घरलाई मासिक १ लाख २५ हजार रुपैयाँ महानगरले नै भाडा तिर्ने गरी चौकी सार्न लागिएको हो।

यसको पनि स्थानीयले ब्यानर टाँगेरै विरोध गरेका छन् । स्थानीयको भनाइ छ, ‘टोल समाज र स्थानीय जनताको इच्छा विपरीत र विरोधका बाबजुत पनि महानगरपालिकाले आफ्नो भवन खाली राखी व्यक्तिलाई फाइदा पुग्ने गरी र राज्यकोषलाई घाटा हुनेगरी प्रहरी चौकी भाडाको घरमा सार्न खोजिएकोमा घोर विरोध गर्दछौं।’

Police_office_lagankhel_birodh_Banner1688373044.jpg

लगनखेलबाट चौकी हटाउने हो भने उक्त ठाउँमा पोखरी बन्नुपर्ने स्थानीयको माग छ। २०४६ सालमा उक्त स्थानमा चौकी बस्नुअघि पोखरी रहेकाले पोखरी बन्नुपर्ने माग स्थानीयको छ।

यो पनि पढ्नुहोस

सेटिङमा प्रहरी चौकी हटाएर भित्री जग्गालाई बाटो मिलान गर्ने गरी बन्दैछ लगनखेलमा व्यापारिक कम्प्लेक्स

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्