• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सेटिङमा प्रहरी चौकी हटाएर भित्री जग्गालाई बाटो मिलान गर्ने गरी बन्दैछ लगनखेलमा व्यापारिक कम्प्लेक्स

महानगरको रणनीति : पहिला आफूखुसी ठेक्का, पछि चौकी हटा!
64x64
नारायण अधिकारी बुधबार, असार ६, २०८०  ११:४२
1140x725

काठमाडौं– एक व्यवसायीको भित्री जग्गालाई बाटो मिलान गर्ने गरी सेटिङमा ललितपुर महानगरपालिकाले व्यापारिक मल (कम्प्लेक्स) बनाउन लागेको पाइएको छ। ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क नजिकै रहेको वडा प्रहरी कार्यालय (प्रहरी प्रभाग लगनखेल) र वडा कार्यालय पछाडि रहेको व्यवसायी केबी महर्जनको जग्गालाई बाटो मिलान गर्ने उद्देश्यसहित मच्छेन्द्र कम्प्लेक्स बनाउन लागिएको पाइएको हो।

प्रहरी भवन र वडा भवन पछाडि व्यवसायी महर्जनको करिब २२ आना जग्गा छ। उक्त जग्गामा पुग्ने बाटो चार फुटको मात्रै रहेको छ। चार फुटको बाटो चौडा बनाउने उद्देश्यले सेटिङमा मच्छेन्द्र कम्प्लेक्स बनाउन लागिएको भन्दै अहिले स्थानीयले चौतर्फी विरोधसमेत गरेका छन्।

२०२२ को नापीअनुसार कित्ता नम्बर ५३ मा २४ रोपनी बराबर क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा छ। जसध्ये करिब २२ आना जग्गा प्रहरी चौकी र वडा कार्यालय परिसरभित्र पर्छ। यही २२ आना जग्गामा ललितपुर महानगरपालिकाले व्यावसायिक कम्प्लेक्स बनाउने भन्दै ठेक्कासमेत लगाइसकेको छ।

कतिसम्म भने व्यापारिक कम्प्लेक्स बनाउने ठेक्काको जिम्मासमेत उनै व्यवसायी केबी महर्जनले पाएका छन्। वडा कार्यालयसँग साँध जोडिएको आफ्नो जग्गामा बाटो साघुँरो भएकाले चौडा पार्ने उद्देश्यमा लागेका महर्जनले सेटिङमै ठेक्कासमेत हात पारेको जानकारहरु बताउँछन्।

व्यवसायी महर्जनको एमबी केबी जेभीसँग ललितपुर महानगरपालिकाले गत वर्षको असार १२ गते नै कम्प्लेक्स निमार्णको सम्झौता गरिसकेको छ। सेटिङमा ठेक्कासमेत आफैंले पारेपछि महर्जनले आफ्नो जग्गामा पुग्ने बाटो चौडा हुने गरी भवनको डिजाइन समेत गरेको खुलेको छ।

सेटिङमा ठेक्का हात पारेर प्रहरी चौकी नै त्यहाँबाट अन्यत्र सार्न लागिएको थियो। ठेक्का सम्झौता भएदेखि नै प्रहरी चौकी अन्यत्र सार्ने योजना भए पनि पटकपटकको प्रयास समेत असफल भएको थियो। प्रहरी चौकी हटाएर कम्प्लेक्स बनाउन लागिएको विषय सार्वजनिक भएपछि प्रहरी चौकी नहटाउन भन्दै स्थानीय बासिन्दा तथा स्थानीय संघ-संस्थाहरुले विरोध  गरेका थिए।

त्यसपछि चौकी हटाउने प्रयासबाट महानगरपालिका पछि हटेको थियो। ३५ करोडको ठेक्का पाएपछि जसरी हुन्छ त्यहाँबाट चौकी हटाएर काम सुरु गर्ने खेल निरन्तर भइरह्यो। गत वैशाख १९ गते मात्रै प्रहरीका प्रमुख तथा आईजी बसन्तबहादुर कुँवरले चौकी हटाउन सहमति दिँदै हस्ताक्षर गरेपछि यो विषय अहिले अख्तियारसम्म पुगेको छ।

Signature_for_Chauki_lagankhel1687325947.jpg
चौकी हटाउने सन्दर्भमा भएको निर्णयमा हस्ताक्षर गर्ने पदाधिकारी तथा अधिकारीहरु

चौकी हटाउनेबारे सम्झौता हुनु एक हप्ता अघिमात्रै महानगरपालिकाले लगनखेलमा नागरिक सुनुवाइ कार्यक्रम गरेको थियो। त्यतिबेला पनि स्थानीयहरुले प्रहरी चौकी किन हटाउन खोजिएको र यसबारे महानगरपालिकाको प्रष्ट जवाफ चाहियो भन्दै प्रश्न गरेका थिए। त्यतिबेला महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालले स्थानीयको सहमति विपरीत चौकी नसारिने र कुनै काम अघि नबढाइने बताएका थिए।

nimb
nimb

तर, त्यसको एक साता बित्न नपाउँदै महानगरपालिकाले प्रहरी प्रमुख आईजी कुँवरलाई बोलाएर चौकी सार्नेबारेको सम्झौतामा हस्ताक्षर गर्न लगाएको थियो। त्यसपछि स्थानीयले सीडीओ कार्यालय र महानगरपालिका र प्रहरीमा समेत यो निर्णय खारेज गर्न भन्दै ज्ञापनपत्र नै बुझाएका थिए।

त्यसबारे अहिलेसम्म कुनै पहल नै नभएको भन्दै उनीहरुले अहिले अख्तियारमा उजुरी हालेका हुन्। अहिले कम्प्लेक्स बनाउन लागेको जग्गा महानगरको नाममा नभई नेपाल सरकारको नाममा छ।

Ujuri_Lagankhel1687325827.jpg
अख्तियारमा परेको उजुरी

नेपाल सरकारको नाममा रहेको सरकारी जग्गाको अभिलेख राख्ने र संरक्षण गर्ने बाहेकको अधिकार महानगरलाई हुँदैन। यदि महानगरपालिकाले उक्त जग्गा प्रयोग गर्ने कम्प्लेक्स बनाउने हो भने मन्त्रिपरिषद्‌बाट स्वीकृत गराउनुपर्ने हुन्छ। तर अहिलेसम्म मन्त्रिपरिषद्‌मा यसबारे कुनै प्रस्ताव भने गएको छैन।

कमर्सियल बिल्डिङमा प्रहरी चौकी?
व्यापारिक कम्प्लेक्स बनाउने उद्देश्यले २०४६ सालदेखि बस्दै आएको प्रहरी चौकी हटाउन लागिएको छ। बसपार्क एरिया, मान्छेको चाप र व्यापारिक ठाउँ भएकाले लगनखेलको सम्पूर्ण सुरक्षाको जिम्मा यही प्रहरी कार्यालयबाट हुँदै आएको छ।

तर यहाँबाट प्रहरी चौकी हटाउँदा सुरक्षा चुनौती थपिने भन्दै टोल सुधार समिति, नागरिक अगुवा तथा स्थानीयहरु विरोध गर्दै चौकी अन्यत्र हटाउन नहुने भन्दै ज्ञापनपत्रसमेत बुझाएका थिए। तर त्यति हुँदा पनि नेपाल सरकारको नाममा रहेको जग्गामा बसेको चौकीलाई महानगरपालिका अन्यत्र सारेर भवन बनाउने भएको छ।

अहिले तत्कालका लागि भवन निर्माण नहुन्जेल प्रहरी चौकीलाई अन्यत्र सारिए पनि भवन निर्माण भइसकेपछि कम्प्लेक्समा चौकीलाई पनि ठाउँ दिइने महानगरपालिकाले जनाएको छ। तर कम्प्लेक्समा चौकी राख्दा भने झनै सुरक्षा खतरा हुने देखिन्छ। कमर्सियल बिल्डिङमा प्रहरी बस्न उपयुक्त हुँदैन।

अहिलेसम्म यस्तो अभ्यास पनि नभएको एक बहालवाला सुरक्षा अधिकारी बताउँछन्। ‘अब हामी यसमा बोल्ने ठाउँ छैन। प्रहरी प्रमुखबाटै सहमति भइसकेपछि हामीले के बोल्ने?,’ ती अधिकारीले भने। 

कमर्सियल कम्प्लेक्समा चौकी हुँदा आफ्नै कार्यालयको सुरक्षा, सूचनाको गोपनीयता, पीडितको गोपनीयता, पार्किङको अभाव जस्ता समस्याहरु हुने हुँदा कम्प्लेक्समा बस्न नहुने उनले बताए। यसबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुबेर कडायत भने कम्प्लेक्समा प्रहरी चौकी राख्नेबारे कुनै सहमति नभएको दाबी गर्छन्।

‘२ वर्षभित्र कम्प्लेक्स बनाइसक्नपर्ने भन्दै सम्झौता गरिएको छ। त्यतिन्जेलका लागि मात्रै प्रहरी चौकी त्यहाँबाट अन्यत्र सारिने र भवन बनाइसकेपछि फेरि पहिलाकै ठाउँमा चौकी आउने हो। कम्प्लेक्सभित्र चौकी बस्ने भन्ने होइन,’ नेपाल लाइभसँग प्रवक्ता कडायत भने, ‘यसबारे महानगरपालिकाले पनि प्रष्ट पारिसकेको छ।’

अहिलेलाई प्रहरी चौकी व्यवसायी केबी महर्जनकै ग्रुपको भवनमा सार्न लागिएको छ। साँघुरो गल्लीभित्र ३ आना जग्गामा बनेको एकनाले घरलाई मासिक १ लाख २५ हजार रुपैयाँ महानगरले नै भाडा तिर्ने गरी चौकी सार्न लागिएको हो।

महानगरको रणनीति : पहिला आफूखुसी ठेक्का, पछि चौकी हटा!
महानगरपालिकाले यतिसम्म गरेको पाइएको छ कि प्रहरी चौकी बसिरहेको ठाउँ हटाउन प्रहरीलाई जानकारी नै नगराई ठेक्का लगाएकोसमेत महानगरपालिकाकै पत्रबाट खुलेको छ। प्रहरी चौकी भएको ठाउँमा पहिला महल बनाउने भनेर व्यवसायीलाई ठेक्का लगाएर त्यसको २ महिनापछि चौकी हटाउनेबारे सहमति गरेको पाइएको छ।

महानगरपालिकाले गते जेठ ३१ गते निकालेको एक खण्डन विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘निर्माण व्यवसायी श्री एमबी-केबी जेभीसँग २०७९ असार १२ गते निर्माण कार्यको ठेक्का सम्झौता भएको थियो। प्रहरी चौकी सार्ने र सोही ठाउँमा दीर्घकालीन व्यवस्थापन गर्ने भनेर २०७९ भदौ १ गते सीडीओसँगको छलफलपछि निर्णय भएको हो।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको हस्ताक्षर भएको उक्त पत्रको बेहोरा अनुसार २०७९ भदौ १ गते चौकी हटाउने निर्णय हुँदासमेत प्रहरीलाई भनेर जानकारी गराइएको खुल्दैन। सुरुमा वडा भवन निर्माण भनेर ठेक्का लगाउने तर पछि हटाउने बेलामा भने वडा भवनभन्दा अलगै रहेको प्रहरी चौकी नै हटाउने निर्णय गरिएपछि स्थानीयहरु रुष्ट बनेका हुन्।

Lalitpur_metro_minute_lagankhel_jagga1687325884.jpg
ललितपुर महानगरपालिकाको निर्णय

अख्तियारेदेखि गृहसम्म उजुरी, अदालतसमेत जाने तयारी
प्रहरी भवन हटाएर सेटिङमा व्यवसायीलाई महल बनाउने ठेक्का दिएको भन्दै रुष्ट बनेका स्थानीय तथा लगनखेल आसपासका विभिन्न संघ-संस्थाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन्।

यसअघि समेत चौकी नहटाउन भन्दै पटक–पटक दबाब दिँदा चौकी हटाउने निर्णय गरिएको र यो प्रक्रियामा ठूलो चलखेल र आर्थिक अनियमितता भएको दाबी गर्दै विभिन्न १९ वटा संस्थाले अख्तियारमा उजुरी दिएका छन्। १९ वटा संस्थाको तर्फबाट सोमबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराइएको हो। उजुरीको दर्ता नम्बर सी–०७१३८२ हो।

नेपाल सरकारको नाममा रहेको उक्त जग्गा महानगरपालिकाले संरक्षण गर्ने जिम्मा मात्रै भए पनि आफूखुसी विभिन्न व्यवसायीलाई महल बनाउन ठेक्का लगाएको र उक्त ठेक्का प्रक्रियामा नै कमिसनको आशंका रहेको, पञ्चायतकालदेखि बस्दै आएको प्रहरी चौकी हटाउन लागिएको भन्दै छानबिन गरेर ठेक्का प्रक्रिया रद्द गर्नुपर्ने माग उजुरीमा गरिएको छ।

यसअघि पनि पटक-पटक चौकी हटाउने काम नगर्न भनेर महानगरको ध्यानाकर्षण हुँदा सुनुवाइ नभएकाले आफूहरु अब गृह मन्त्रालयदेखि अदालतसम्म पुग्ने स्थानीय बासिन्दाहरुले बताएका छन्। 

एक स्थानीयले नेपाल लाइभसँग भने, ‘चौकी र वडाभित्र रहेको व्यवसायीको जग्गामा जाने बाटो ४ फिटको मात्रै भएपछि सोही जग्गालाई लक्षित गरेर सेटिङमा महल बनाउने जिम्मा पनि सोही व्यवसायीलाई दिएको पाइएकाले हामीले अख्तियारमा उजुरी हालेका हौं। अख्तियारबाट तत्कालै एकसन भएर ठेक्का रद्द नभए हामी गृह मन्त्रालयदेखि अदालतसम्म जान्छौं।’

महानगरपालिकाको दाबी- कानुन सम्मत गरेका छौं 
यता महानगरपालिकाले भने कानुन सम्मत नै काम गरेको दाबी गर्दै आएको छ। कानुन अनुसार नै ठेक्का प्रक्रिया लगाइएको र सोही अनुसार काम अघि बढाइएको दाबी गरेको छ। तर महानगरको वेबसाइटमा उक्त महल बनाउनेबारेको बोलपत्र भने भेटिँदैन।

सार्वजनिक खरिद, बोलपत्र/आसयपत्र सूचनाको क्याटगोरीमा अन्य बोलपत्रहरु अपलोड गरिएको भए पनि चौकी भएको ठाउँमा महल बनाउनेबारेको बोलपत्र भने भेटिँदैन। यसबारे सोधपुछ गर्न महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। अर्यालले फोन उठाएनन्।

यसअघि महानगरले भने खण्डन विज्ञप्ति निकालेर ‘कानुन अनुसार अघि बढेको ठेक्का प्रक्रिया तथा निर्माण कार्यलाई सहज हुनेगरी भए/गरिएको उक्त सहमति/निर्णयलाई अतिरञ्जना गर्नु खेदजनक’ भएको उल्लेख गरेको छ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको भ्रमणमा के देखे प्रधानमन्त्री बालेनले? बिहीबार, भदौ ११, २०८३
नुवाकोटबाट फर्किएपछि बालेन्द्र शाहले भने– ‘सरकार निरन्तर मैदानमा छ’ बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री राहत कोषमा धमाधम रकम जुट्दै, ६ घण्टामै २८ करोड बढी उठ्यो बिहीबार, भदौ ११, २०८३
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्