काठमाडौं– सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार देखाउन विभिन्न सामाजिक संघ संस्था तथा अभियान्ताहरुलाई आग्रह गरेको छ। विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ।
बिहीवारबाट सुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरु रोक्न जरुरी रहेको बताए।
उनले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गरे। उनले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए।
सरकारले विपदद्बाट बच्न तीन चरणका तयारीहरु गरेको पनि उनले जानकारी दिए। उनले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थहरुको पनि विपद् व्यवस्थापन र न्यूनीकरणमा लागि सहयोगको आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।