• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी उम्किएका थिए प्रहरीको रेडारबाट टोपबहादुर!

64x64
नेपाल लाइभ आइतबार, वैशाख २४, २०८०  १७:५२
1140x725

काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन्।

बुधबार पक्राउ पूर्जी जारी भए पनि आइतबार बितिसक्दा समेत प्रहरीले रायमाझीको भेउ पाउन सकेको छैन। बुधबार अर्घाखाँखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।

अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकटसमेत काटेका थिए। 

तर, उनी एकाएक सम्पर्कविहीन भए। राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। 

‘हामीले उहाँलाई लोकेट गरिरहेका थियौं। उहाँका गाडी पनि हाम्रै निगरानीमा थियो। प्लेन चढ्न भनेर उहाँ विमानस्थलतर्फ अघि बढेको पनि देखिएको थियो। त्यति नै बेला छोरा पक्राउको विषय सार्वजनिक भएपछि उहाँ वेपत्ता हुनुभयो,’ स्रोतले भन्यो। 

मोबाइल लोकेसनअनुसार रायमाझी र उनका छोरा सन्दीप भैरहवामा नजिकै थिए। तर जब छोरालाई प्रहरीले पक्राउ गर्‍यो त्यसपछि उनी फरार भए। ‘रायमाझीलाई भैरहवामै पक्राउ गर्न सकिन्थ्यो। तर हामीले मन्त्रीसमेत भइसकेका उच्च तहका नेता, त्यहाँमाथि आफैंले कानुनलाई सघाउने बताएपछि भैरहवामा पक्राउ नगरी काठमाडौं आएपछि नियन्त्रणमा लिने तयारी गर्‍यौं। तर छोरो पक्राउको सूचना पाएपछि उहाँ फरार हुनुभयो।’ 

त्यसयता रायमाझी फरार छन्। उनको मोबाइलसमेत अफ छ। प्रहरी स्रोतका अनुसार रायमाझी काठमाडौं नै प्रवेश गरेका छैनन्। बिहीबार आफैं प्रहरी कार्यालयमा उपस्थित हुने बताए पनि उनी फरार नै भए। यता प्रहरीलाई आफैं उपस्थित हुन्छु भनेर विश्वास दिलाउने र फरार हुनेतिर रायमाझी लागेको प्रहरीको बुझाइ छ। 

अर्घाखाँचीको कार्यक्रममा जाँदा रायमाझीले पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) काठमाडौं छाडेर गएका थिए। बिहीबार साँझ रायमाझीको गाडी र चालक भैरहवाबाट काठमाडौं आइपुगे पुगेका थिए। तर उनी भने आएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

रायमाझी अहिलेसम्म पक्राउ नपर्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटपछिको विकसित घटना हुनसक्ने पनि विश्लेषण गरिएको छ। 

एमाले अध्यक्ष ओलीले सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यमय भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका थिए। त्यसपछि पनि प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै ओलीले निरन्तर दबाब दिँदै आएका छन्। 

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए। 

Xtrem

Xtrem

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।

सम्बन्धित समाचार

 

गाडी, चालक र पीएसओ काठमाडौंमा, तर भेटिँदैनन् एमाले सचिव टोपबहादुर!

प्रचण्ड-ओली भेटपछि सांसद रायमाझी तत्काल समातिनेमा संशय

पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे लुकेका थिए रिसोर्ट, पक्राउ परेपछि नुहाएर आए प्रहरी हिरासत

बादलको सुरक्षा सल्लाहकार बनेलगत्तै राईले किनेका थिए ठेचोमा घर, बुवालाई थुनाएर छोरा फरार

नक्कली भुटानी शरणार्थी प्रकरणः अख्तियारका प्रमुख आयुक्त राई पनि तानिएलान्?

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: बादलका सुरक्षा सल्लाहकार राईले गर्थे रकमको डिल

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: एमाले नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी जारी

टोपबहादुरको प्रतिक्रिया- कसैसित फोटो खिचेकै आधारमा जिम्मा लिने कुरा भएन

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?

आरोपित नै पीडित बनेर अख्तियारमा उजुरी, मुछे उच्च तहका व्यक्तिको नाम

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
सम्बन्धित सामग्री
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार उच्च जोखिममा परेका छन्। शुक्रबारदेखि थारु टोलबाट बस्... शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली... शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित लगातारको वर्षाका कारण रुख ढल्दा सुर्खेतको वीरेन्द्रनगर–सुब्बाकुना–रामघाट ३३ केभी विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्